राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. लोहनीले गरे यस्तो दाबी

भन्छन्, नेपालमा हिन्दु राज्य र राज संस्था चाहिन्छ र आउँछ, आउँछ

Lohani final

काठमाडौं । नेपालमा गणतन्त्र आइसकेको छ । जनताको त्याग, तपस्या आन्दोलनको बलले राजसंस्थाको जरा नै काटिदिएको छ । तर पनि केही नेताहरु भने अझैं राजसंस्था फर्किने विश्वासमा छन् । त्यही विश्वासमा छन् एकीकृत राष्ट्रिय प्रजातनत्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पनि ।

उनले निशान न्युजसँग नेपालको राज संस्था, हिन्दु राज्य र नेपालको राष्ट्रियताको विषयमा निकै खुलेर कुरा गरे । उनले जसरी पनि नेपालमा हिन्दु राज्य कायम हुने दावी मात्रै गरेनन्, हिन्दु राज्य नहुँदा नेपालको राष्ट्रियता नै गुमेकोमा चिन्ता गरे । उनले यसरी व्यक्त गरे हिन्दु राज्य र राजसंस्थाका विषयमा ।

सबै धर्मको सम्मान
नेपालमा सबै धर्म मान्ने धर्मालम्बीहरु छन् । त्यसलाई मान्नुपर्छ । तर, त्यसो भन्दैमा नेपालको आफ्नो पहिचान भएको धर्मलाई मास्न मिल्दैन । नेपालका विशाल छिमेकी देशलाई सजिलैसँग जोड्ने माध्यम भनेको हिन्दु धर्म हो । यहाँ सबैभन्दा धेरै हिन्दु धर्मालम्बी छन् । हामीले नेपाललाई हिन्दु राष्ट्र बनाए पनि बुद्ध, किरात, मुस्लिम र अन्य धर्मलाई पनि समान रुपमा लिनुपर्छ ।

अरुलाई समान रुपमा हेरेपछि नेपाल हिन्दु राष्ट्र बनाउन कसैले हिच्किचाउनु पर्दैन । किनभने अहिलेसम्मको नेपालको खास पहिचान भनेकै हिन्दू राष्ट्र हो । हिन्दुत्वले सारा नेपालीलाई एकताको सुत्रमा बाँधेको छ । त्यो कुरा हामीले बिर्सनुहुदैन ।

विश्वलाई नेपाल भनेर चिनाउने नै हिन्दु राज्य हो । नेपालको आर्थिक विकास, पर्यटन र संसारलाई जोड्ने एकमात्र विन्दु भनेको हिन्दु राज्य हो । बहुसंख्यक नेपालीले हिन्दु धर्म मानिरहेको अवस्थामा जवरजस्ती धर्ममाथि प्रहार गर्नु नेपालका लागि पनि राम्रो होइन ।

सबैले सबैको धर्मलाई सम्मान गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ । त्यसका लागि हामीले कदम चालिरहेका छौं । संघर्ष गरिरहेका पनि छौं । नेपाललाई हिन्दु राष्ट्र बनाउन संविधान संशोधन गर्नुपर्छ । जसरी पनि, जे गरे पनि नेपाल हिन्दु राष्ट्रकै रुपमा रहनुपर्छ ।

मेचीदेखि महामाली, हिमालदेखि तराईसम्मको भुभागको माटो पवित्र छ । यो पवित्र माटोले भरिएको देशमा हिन्दु राज्य नै सुहाउँछ । गौतम बुद्धको जन्मभूमी हो नेपाल । अहिले नेपालको साँस्कृितक अतिक्रमण हुन लागेको छ । यसलाई सहेर बस्नुहुँदैन ।

राज संस्था चाहिन्छ
नेपालमा राजा र राजसंस्था राष्ट्रिय एकताको प्रतिक हो । राष्ट्रिय चरित्र भएको संस्था हो । आजको युगमा पनि विभिन्न प्रकारका शक्तिहरु उदाएका छन् ।त्यो बेलामा हिमाल, पहाड तराईका सबै जनतालाई भावनात्मक एकता दिन सक्ने भनेको राजसंस्था हो । यसलाई कायम राखिनुपर्छ ।

तर, नेपालमा पहिलेको जस्तो सामन्ती राजतन्त्र चाहिएको छैन । हामीलाई समय सापेक्ष चलन सक्ने राज संस्था चाहिएको छ । विश्वका धेरै ठाउँमा समय सापेक्ष राजसंस्था छन् । वेलायतमा पनि राजसंस्था छ । त्यहाँ जनताले सर्वाेपरी रुपमा स्वीकार गरेका छन् । आजसम्म कसैले विरोध गरेका छैनन् । नेपालमा सबैलाई स्वीकार्य हुने राजसंस्था आवश्यक छ । र, त्यो स्वीकार्य राजसंस्था आउँछ आउँछ । समय सापेक्ष राजसंस्था ल्याउन वा आउन कसैले रोक्न सक्दैन ।

अहिले भ्रष्टचार मौलाएको छ । लुटतन्त्रको जगजगी भएको छ । देशलाई सीमित व्यक्तिले विर्ताको रुपमा प्रयोग गर्ने संस्कारको विकास हुन थालेको छ । मात्रृभूमीको कमम खाएर अघि बढ्ने समय आएको छ । त्यही भएर पनि नेपालमा नेपाली जनताले सुध्रिएको राज संस्थाको परिकल्पना गरेका छन् ।

वार्तामा आधारित

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...