ट्राफिक प्रहरीद्धारा ७ लाख राजश्व संकलन

Rajswa bivag

जाजरकोट, । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा १ हजार २ सय ५० सवारी चालकलाई कारबाही गरी ८ लाख १४ हजार राजश्व संकलन गरेको छ ।

चालक अनुमतिपत्रबिना सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालक बढी कारबाहीमा परेका छन् । असारमा १ सय ७२ सवारी चालकलाई कारबाही गरी १ लाख ५ हजार राजश्व संकलन गरिएको छ ।

साउनमा ७३ सवारी चालक, भदौमा ९५, असोजमा ८६, कात्तिकमा ८२, मङ्सिरमा १सय ६, पुसमा ७९, माघमा १सय ६, फागुनमा १ सय १४, चैतमा ९२, वैशाखमा ९७ तथा जेठमा १ सय ३८ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक इन्चार्ज कुलबहादुर ओलीले जानकारी दिए ।

जिल्लामा अहिले अस्थायी रुपमा ट्राफिक कार्यालय स्थापना गरिएको छ । खलङ्गा र छेडा चेकपोष्टमा तीनजना ट्राफिक प्रहरी खटिएका छन् ।

उनीहरु बस्न भवनको अभाव छ । छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिका–४ शान्तिचौतारी नजिक कर्कटपाताको अस्थायी टहरा बनाई कार्यालय सञ्चालन गरिएको छ ।

प्रतिकृया दिनुहोस