कोही छ राप्रपा मिलाउने मध्यस्थकर्ता ?

मध्यस्थकता कै अभावमा फुटने भो राप्रपा

Kamal pasupati

काठमाडौं । पछिल्लो समय आन्तरिक विवादमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको संघारमा आइपुग्दा पनि पार्टी मिलाउने मध्यस्थकर्ताको अभाव देखिएको छ ।

विगतमा जुनसुकै पार्टीभित्र पनि विवाद मिलाउने मध्यस्थकर्ता देखा पर्थे । तर, यो पटक राप्रपा फुटको नजिक आइपुग्दा पनि मध्यस्थकर्ता फेला परेका छैनन् ।

मध्यस्थकर्ताकै अभावबीच आज राप्रपाको केन्द्रिय समितिको बैठक बस्दैछ । तथापि राप्रपाभित्रका असन्तुष्ट पक्षधरहरुले बैठक नै बहिष्कार गर्दैछन् । असन्तुष्ट पक्षको नेतृत्व बरिष्ठ नेता पशुपति समशेर राणाले गर्दै आएका छन् । उनी मंगलबारको बैठकमा पनि सहभागी भएनन् । उनले आफु निकटका केन्द्रिय सदस्यहरुलाई बुधबारको बैठकमा सहभागी नबन फोनमार्फत निर्देशन पनि दिएका छन् ।

राप्रपाभित्रको गुटको विभाजन अहिलेदेखि मात्रै होइन, बहुदलीय व्यवस्था आएदेखि नै हो । बहुदलीय व्यवस्था आएपछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले राप्रपामा थापा र चन्दको पुच्छर झुण्ड्याएर पार्टी बनाएका थिए । त्यो बेला एक भएर जानुपर्छ भन्ने मध्यस्थकर्ता थिएनन् । भएका केही व्यक्तिको कुरा थापा र चन्द दुबैले सुन्नेवाला थिएनन् । अहिले त्यहि दोहोरिएको छ ।

अहिले त्यो बेलाभन्दा पार्टी नेतृत्व गरिरहेका कमल थापा र पूर्वअध्यक्ष पशुपति समशेर राणाबीच निक्कै चर्काे टक्कर परेको छ । दुबैले आफु निकट खेमाको नेतृत्व गर्दै आएका छन् । यी दुबैले आफुलाई बाघको उपमा दिँद्यै आएका छन् । जसका कारण पनि राप्रपा फुटको संगारमा पुगेको छ ।

यस्तो अवस्था आउँदा पनि राप्रपालाई एक बनाउन कसैले प्रयास गरेका छैनन् । खासगरी दुबै खेमाले आफुहरु फुटको पक्षमा नरहेको दावी गरिरहेका छन् । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘अहिले पार्टीलाई मिलाएर लैजानुपर्छ भनेर युवा पुस्ता लाग्नुभएको छ । उहाँहरुले एकतालाई झन बलियो बनाएर लैजान पहल गरिरहनु भएको छ ।’

उनले त्यो दावी गरे पनि स्रोतहरुका अनुसार दुबै खेमा एकता गरेर जाने पक्षमा छैनन् । अर्काे कुरा उनीहरु एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नसक्ने अवस्थामा पनि छैनन् । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको अवसानपछि उनका छोरा सुनीलबहादुर थापा दुई राप्रपालाई एक बनाउन निक्कै कम्मर कसेर लागेका थिए । अहिले उनी मौन छन् ।

सहप्रवक्ता श्रेष्ठको भनाईमा उपाध्यक्ष बुद्धिमान तामाङ, जयन्त चन्द, राजेन्द्र लिङदेल, राजीप पराजुली, दिपक बोहोरा, धवल समशेर राणालगायत पार्टीभित्रको विवाद मिलाउन लागिपरेका छन् । तर, उनले दावी गरेजस्तो पार्टीभित्रको विवाद मिलाउन लागेको पाइएको छैन । बरु उल्टै गुटलाई बलियो बनाउन लागेको आरोप लाग्दै आएको छ ।

अध्यक्ष थापाले राणा पक्षधरहरुले बहुमत पु¥याएर आफुलाई हटाउलान् भन्ने डरले हतारहतार केन्द्रिय सदस्य मनोनित गरेपछि त झन कसरी आफ्नो पक्षमा बहुमत पु¥याउने भनेर लागेको देख्छि । तर, स्थानीय निकायको निर्वाचनमा भएको पराजयको समिक्षा गरेर प्रदेश र केन्द्रको निर्वाचनमा बलियो हुनुपर्नेमा उनीहरु आफैं फुटको संघारमा पुगेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...