माओवादीमा फरक मत : सधैं प्रचण्ड भर्सेज सुदर्शन

Hemraj vandari

काठमाडौं । कुनै पनि राजनीतिक पार्टीमा फरक मत राखिनु स्वभाविक पनि हो । पार्टी शुद्धिकरणका लागि पनि कतिपयले नेताहरुले फरक मत राख्ने गरेका हुन्छन् ।

नेकपा माओवादीमा यस्ता नेता छन्, जसले पार्टी शुद्धिकरणका लागि मात्रै होइन, पार्टीलाई उचाईमा पु¥याउन पनि फरक मत राख्दै आएका छन् । जसको फरक मत केन्द्रमा मात्रै होइन, तल्लो तहसम्म पनि चर्चाकोविषय बन्ने गर्छ । त्यसरी फरक मत राख्ने नेता हुन् हेमराज भण्डारी उर्फ सुदर्शन ।

भण्डारीले आफ्नो जिल्लामा माओवादीले कुनै तह जित्न नसकेपछि नैतिकताको आधारमा जिल्ला इन्चार्जबाट समेत राजीनिमा दिए । उनी माओवादीको पोलिटव्यूरो सदस्यसमेत हुन् ।

सत्तामा रहेको माओवादीले दुई चरणको स्थानीय निकायको निर्वाचनमा भनेजस्तो सफलता हात पार्न सकेन । कतिपय जिल्लाका कुनै तहमा जित हात नपारे पनि माओवादीले अपेक्षाकृत सफलता पाएको दावी गर्दै आएको छ ।

जनतालाई अधिकार सम्पन्न गराउने गरी माओवादीले १० वर्षसम्म सशस्त्र युद्ध गरेको थियो । त्यसबेलादेखि नै माओवादीले जनतालाई अधिकारसम्पन्न गराउने बताउँदै आएको थियो ।

अहिले माओवादीका जिल्ला इन्चार्जहरुको समिक्षा बैठक चलिरहेको छ । तर, भण्डारी भने राजीनामा दिइसकेकाले अनुपस्थित छन् । उद्यपि उनले आफ्नो फरक मतमार्फत पार्टीलाई सचेतीकरण दिलाएका छन् । उनले आफु समिक्षा बैठकमा सहभागी नभए पनि ९ पृष्ठ लामो लिखित मत बुझाएका छन् ।

उनले आफ्नो लिखित मतमा पेसिसडाँडाको अधिकार स्थानीय तहसम्म पु¥याउनुपर्ने, पार्टीको जिल्ला तह खारेज गरी स्थानीय तह अनुसार बनाइनुपर्ने, स्थानीय तहमा छाँया सरकार बनाइनुपर्ने, सशस्त्र संघर्ष गर्न लागेका नेत्रविक्रम चन्दको माओवादी, डा. बाबुराम भट्टराईदेखि मोहन बैद्यसँग पनि कार्यगत एकता गर्दै पार्टी एकीकरणको प्रक्रिया थाल्नुपर्ने सुझाव दिएका छन् ।

को हुन् भण्डारी ?
माओवादीभित्र प्भाव पार्न सक्ने नेताका रुपमा हेमराज भण्डारीलाई चिनिन्छ । उनले पहिलो संविधान सभाको निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ बाट अत्याधिक मत ल्याएर जितेका थिए । तर, दोस्रो संविधान सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए ।

तत्कालीन मसालमा रहेर राजनीति गरेका भण्डारी २०५६ सालदेखि तत्कालीन माओवादीमा लागेका थिए । त्यसबेला उनी दिनानाथ शर्मासँगै माओवादीमा लागेका कारण उनलाई दिनानाथ शर्मा निकट भनिन्थ्यो । तर, उनी दिनानाथको मान्छे नभएर वैचारिक बहस गर्न सक्ने व्यक्तिसँग उनी निकट हुने गर्थे ।

सशस्त्र युद्धकै क्रममा उनी जिल्ला इन्चार्जदेखि राजनीतिक कमिसारसमेत भएका थिए । उनी माओवादीमा लाग्दा पूर्वी नेपालमा माओवादीको प्रभाव थिएन । त्यसमा पनि धनकुटामा सूर्यबहादुर थापाको जग्जगी र एमालेको उत्तेजनाका कारण माओवादीमा लाग्नु सजिलो थिएन । त्यही असजिलोलाई चिर्दै उनी माओवादीभित्र कुसल संगठकको रुपमा उदाए ।

राजनीतिक यात्राकै क्रममा उनको सामिप्यता डा. बाबुराम भट्टराईसँग भयो । त्यसपछि उनलाई ‘डाक्टर साव’को खास मान्छे भन्ने गर्थे । पालुङटारको विस्तारित बैठक वा खरिबोट बैठक । सबै बैठकहरुमा उनी र भट्टराईबीच विचारका हिसावमा निकट रहन्थे । दुबैले राख्ने फरक मतमा पनि केही सम्बन्ध रहन्थ्यो ।

तर, जब डा. बाबुराम भट्टराईले नयाँ संविधान जारी भएपछि पार्टी त्याग्ने घोषणा गरे, त्यसपछि उनको सम्बन्ध बिग्रियो । भट्टराईले पार्टी त्याग गर्दा भण्डारी पनि भट्टराईकै खेमामा जाने धेरैको अनुमान थियो । तर, उनले बरु पार्टीभित्रै बैचारिक संघर्ष गर्ने भनेर फरक मत्र राख्न थाले । जुन अहिलेसम्म पनि कायम छ ।

किन राख्छन् फरक मत ?
राजनीतिमा सधैं एउटै बिचारले काम गरेको हुँदैन । समय सापेक्ष बिचार पनि आवश्यक हुन्छ । तर, समयअनुसार मात्रै चल्न खोज्ने हो भने कुनै पनि पार्टीको बैचारिक अस्तित्व रहँदैन । यही बिचारमा अडिग छन् हेमराज भण्डारी ।

उनले डा. बाबुराम भट्टराईले पार्टी त्यागेपछि माओवादीभित्र बैचारिक मतभिन्नता राख्ने उनी एक्ला व्यक्ति हुन् । अरुले राख्दै राखेनन् भन्ने होइन, तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै चुनौती दिने गरी फरक मत राख्ने उनी एक्ला हुन् ।

उनले पार्टीभित्र आधारसहितको फरक मत राखेपछि उनको फरक मतलाई तल्लो तहसम्म पु¥याउने सहमति गर्न प्रचण्ड बाध्य भएका छन् । ‘मैले पार्टीलाई सक्षम र जनताको पार्टी बनाउन फरक मत राख्ने गरेको छु’ भण्डारीले निशान न्यूजसँग भने, ‘बिचारलाई बन्धक राख्नुहुँदैन, बसहमा ल्याउन सक्यो भने मात्र त्यसले निकास पाउँछ । त्यही भएर मैले आफ्नो बिचारलाई स्पष्टसँग राख्ने गरेको छु ।’

 

प्रतिकृया दिनुहोस