अनिसले खाडीबाट गृहमन्त्रीलाई यस्तो लेखे खुल्ला पत्र

मलाई गोली अरु ठाउँमा हैन, ताकेर निधार मै हान्नुस

श्री माननीय गृहमन्त्री ज्यू नमस्कार ।

महामहिम राष्टपति विद्यादेवी भण्डारीलाई गाली गर्ने कपिलबस्तुका पत्रकार सोनुकुमार सुनारलाई जेल चलान हैन, गोली ठोकेर मार्नुस् । तिनीहरूलाई यो समाजमा जिउने कुनै अधिकार छैन । किनकी एमालेको अतिबादविरुद्ध बोलेर ठूलै अपराध गरेको छ तिनीले।

म तपाईंको एक बफादार सिपाही अनि एमाले र केपी ओलीको अतिबाद विरुद्ध कलम चलाउने एक युवा पनि हुँ । मलाई पनि गोली हान्नुस । गोली अरु ठाउँमा हैन, ताकेर निधार मै हान्नुस । किनकी भोली तपाईंले हानेको गोलीले मेरो मृत्यु भएन भने जनयुद्धका बेलासँगै बन्दुक बोकेर सामन्तहरुको बिरुद्ध लड्ने मेरा सहयोद्धा साथीहरू जस्तै शरिरमा गोलीको छर्रा बोकेर खाडीमा पसिना बेच्ने रहर मसँग छैन ।

एमालेको भ्रमपूर्ण नश्लबादी राजनीति र ओली राष्ट«वादविरुद्ध लेख्ने, बोल्ने सोनुकुमार सुनार मात्रै हैन, उ जस्तो धेरै छन् । खोजीखोजी गोली हान्ने आदेश दिनुस् । हिन्दु धर्मअनुसार पति मर्नेलाई विदुवा भन्छन्, विदुवालाई ठेट भाषामा राडी पनि भन्छन् । सोनुकुमारले सत्य कुरा बोल्दा कारबाही हुने अनि ७ नं. प्रदेशअन्तर्गत डोटी जिल्ला घर भएका एमालेका कार्यकर्ता एस.बि. बोहराले नेकपा माओबादी केन्द्रकी नेतृ एवं चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार रेणु दाहाललाई वेश्या भन्दा किन प्रशासन मौन ?

आत्माराम थपलियाले उपराष्ट«पति नन्दकिशोर पुनलाई राडीको पोई भनेका छन् । चितवन जिल्लाकै भरतपुर महानगरपालिकाको एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीको छोराले रेणु दाहाललाई वेश्या भनेका थिए । अनेस्ववियुको प्रवक्ता आर.सी लामिछानेले प्रचण्ड प्रधानमन्त्री हुँदै प्रचण्डको टाउँको काटेर फुटबल खेल्छु भनेका थिए । हालसालै मात्रै एमाले नेतृ रामकुमारी झाँक्रीले एक युवाकलाई खुट्टा भाच्छु भनेर धम्की दिए । सिता दाहाललाई पनि भारत भ्रमण जाँदा प्रचण्डले बुढि साट्यो भनेर अश्लिल आरोप लगाएकै हो ।

त्यस्ता प्रमाणहरु हामीसंँ कयौं छन् । तर, उनीहरुलाई किन कारबाही हुन सकेन ? माओवादी र माओवादी नेतृत्वविरुद्ध बोलेको, लेखेको कयौं भ्रमक लेख रचना भिडियोहरु अनलाइनमा छ्यासछ्यास्ती पाइन्छ । तर, किन समाउन सकेन तिनीहरूलाई ? के नेपालको साइबर क्राइम माओवादीको लागि मात्रै हो ? एमाले समर्थकले माओवादीविरुद्ध जे बोल्दा पनि सहि, माओवादीले सत्य बोल्दा कारबाही एउटा कुरा याद गर्नुस् गृहमन्त्री ज्यु तपाईंले मेरो लागि फाँसीको लागि पासो तयार पारेर राखे पनि मेरो समुदायलाई होच्याएर बोल्ने एमालेको विरुद्ध बोल्न लेख्न कहिल्यै छाड्ने छैन । अन्यायको विरुद्ध लड्न, बोल्न सिकाएको पनि तपाईहरुले नै हो । सत्य बोल्दा कारबाही हुन्छ भने म कारबाही भोग्न तयार छु ।

तामाङ प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...