बोलबमले रंगीन बन्यो पोखरामा

Pokhara bolbam

पोखरा । साउन महिनालाई त्यसै पनि बोलबमको महिना भन्ने गरिन्छ । त्यसमा पनि सोमबारको दिन त विषेश दिन नै हो । साउन महिनाकोपहिलो सोमबार अर्थात् आज पोखरा बोलबम जानेहरुले गर्दा रंगीन पोखरा बन्यो ।

साउनको पहिलो सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर तथा नदी र तलाउहरुमा शिवको पुजा आराधना र जल चढाउनेको भीड लाग्यो । पोखराको बगरमा रहेको गाईघाटबाट सेती नदीको जल लिई भक्तजनहरुले शिवलिंगमा जल चढाउन बिहानैदेखि लाइनमा बसे ।

शिवको दर्शन गरेर फर्किने र दर्शन गर्न जानेहरुले लगाएको गेरु बस्त्रले आज पोखरालाई रंगीन पोखरा बनायो । के युवा, के वृद्ध । सबैले गेरु बस्त्र लगाएर शिवको दर्शन गरे ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणी संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रामा उलेख्य भक्तहरुको उपस्थिति थियो । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोक हुँदै बैदामस्थित केदारेश्वर मन्दिर पुगेका थिए ।

गेरुबस्त्र धारण गरेका भक्तदनको ¥यालीमा भगवान शिवको महिमासम्बन्धी भजनकिर्तन र नाँचगान गरी रमाइलोसमेत गरे । गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिंगमा जल चढाएर पुजा अर्चना गरे ।

साउनको महिनालाई भगवान शिवको नाममा उपासना बसी शिव महिमा गरिने बिशेष महिना मानिने हुँदा भक्तजनहरु उपासनासहित नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिंगमा चढाउने गर्छन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

पोखरामा बिशेषगरी केदारेश्वर, गाईघाट, बिन्धवासीनी, रामघाट लगायतका स्थानहरुमा पूजा आराधाना सहित जल र दुध सेचन गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...