एन्जल्स हर्ट बास्केटबल प्रतियोगिताको फाइनलमा

Anlals hot

काठमाडौं, । आयोजक एन्जल्स हर्ट प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार फाइनलमा प्रवेश गरेको छ ।राउन्ड रोविन लिगमा दोश्रो हुँदै एन्जल्स हर्ट फाइनलमा पुगेको हो । एन्जल्स हर्टले एक खेल अगाडि शनिबारै फाइनलमा पुगेको साइपाल एकेडेमीलाई प्रतिद्वन्द्वी पाएको छ ।

मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीमा भएको खेलमा एन्जल्स हर्टले नासा इन्टरनेसनल कलेजलाई ३३–१७ ले पराजित ग¥यो । एन्जल्स हर्टकी विष्णु मगरले ९ अंक जोडिन् ।

पहिलो र दोश्रो क्वाटरमा क्रमशः ८–४ र ५–२ को अग्रता लिएको एन्जल्स हर्ट तेश्रोमा १०–११ को झीनो अन्तरले पछि प¥यो । एकपक्षीय चौथो क्वाटरमा एन्जल्स हर्टले १० स्कोर गर्दा नासा अंकविहीन रह्यो ।

आइतबारै भएको गल्र्सको अन्तिम खेलमा साइपालले एनसीसीएसलाई ५१–१३ को भारी अन्तरले हरायो । जितसंगै पाँच टिम सहभागी राउन्ड रोविन लिगमा साइपालले शीर्ष स्थान हासिल ग¥यो । साइपालको जितमा प्रतीक्षा मगरले १७ अंक योगदान गरिन् ।

साइपालले चार क्वाटरमा क्रमशः १२, १३, १६ र १० अंक जोड्दा एनसीसीएसले कुनैपनि क्वाटरमा दोहोरो अंक बनाउन सकेन । एनसीसीएसले चार क्वाटरमा २, १, ४ र ६ अंक बनायो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...