डा. लोहनी भन्छन्, राप्रपा फुट्दा हामीलाई के दोश ?

सांसद रोक्ने र किन्ने प्रतिष्पर्धा चल्न थाल्यो राप्रपामा

Dr.prakashchandra lohani

काठमाडौं । पछिल्लो समय आन्तरिक विवादमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ साउनमा बोलाएको केन्द्रिय समितिको बैठक अगावै फुट्न अवस्थामा पुगेको छ ।

दुई ध्रुवका पार्टीबीचको एकताकै बेला धेरैले राप्रपा ‘कुहिएको फर्सी’ भनेका थिए । तर, त्यसलाई अस्वीकार गर्दै सर्वमान्य नेताका रुपमा कमल थापालाई मान्न तयार भए पूर्व राप्रपाका नेता । त्यसैमध्येका थिए पशुपति समशेर राणा पनि ।

उनले खुलेरै हाम्रा लागि कमल थापा नै नेता हुन्, अहिले अर्काे नेता मान्दैनौ भनेका थिए । तर, त्यो भनेको ७ महिना पनि नबित्दै राणाका लागि थापा ‘कुहिएको फर्सी’ बनेका छन् । अब कुनै पनि हालतमा थापालाई मान्ने अवस्थामा छैनन् राणा र उनका समर्थकहरु ।

त्यसमा पनि कमल थापाले राणा पक्षधरहरुले बहुमत पु¥याएर आफुलाई हटाउलान भन्ने डरले हतारहतार केन्द्रिय सदस्य मनोनित गरेपछि यो समुह अतालिएको छ । तथापि ४० प्रतिशत पु¥याएर पार्टी फुटाउन कसरत गरिरहेका छन् ।

भित्री खेल अर्कै
अहिले राप्रपामा भएको विवाद र फुटको संघारमा पुग्दा अनेकन टिकाटिप्पणीहरु भइरहेका छन् । यसलाई नेपालका स्वघोषित राजनीतिज्ञहरुले अनेक आशंका गरिरहेका छन् । कतिपयले राप्रपाबाट फुटेर नयाँ पार्टी बनाएका डा. प्रकाशचन्द्र लोहनीलाई दोश लगाउन पनि थालेका छन् ।

अहिले राप्रपामा अध्यक्ष थापा पक्ष बलियो छ । यसभित्र पूर्व राप्रपाका दिपक बोहोरादेखि पशुपति समशेर राणासम्म ओझेलमा छन् । उनीहरुको कुनै मानमर्दन छैन । अर्थात् उनीहरु पार्टीमा थपना मात्रै बनेका छन् ।यही बेलामा यो समुहले पार्टी फुटाउन खोजेको छ । सकभर थापालाई बहुमत पु¥याएर संसदीय दलको नेताबाट फ्याँक्ने नभए नयाँ पार्टी जन्माउनेसम्मको योजनामा लागेको छ ।

राप्रपाको एउटा समुहले एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. लोहनीकै कारण राप्रपामा विभाजन आउन लागेको टिप्पणी गरिरहेका छन् । तर डा. लोहनी भन्छन्, ‘म पहिले पार्टी छाडेर नयाँ पार्टी बनाइसकेको मान्छेले त्यस्तो कहाँ गर्न सक्छ र ?’

डा. लोहनीले निशान न्युजसँगको विशेष कुराकानीमा पहिले नै त्यो (राप्रपा) सँग चित्त नबुझेर हिडेकाले आफुले राप्रपाको बारे चासो नराखेको बताए । ‘राप्रपाभित्र यसरी पहिरो जान्छ भन्ने सबैलाई थाहा थियो’ उनले भने, ‘त्यति हुँदा पनि राणाजीहरु त्यही हुनुहुन्छ । खै कसरी पो बसिरहनु भएको छ । अझै कति समयसँगै बस्नु हुन्छ, त्यो उहाँहरुको कुरा हो ।’ यद्यपि उनले राप्रपा विभाजनले राम्रो सन्देश नजाने बताए ।

अहिले दरवारको विश्वास पात्रमध्येमा पर्छन् एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. लोहनी पनि । पछिल्लो समयमा राप्रपाभित्र पनि राष्ट्रवादी समुह बनेको छ । जसले राजसंस्थाको वकालत गरिरहेको छ । डा. लोहनी र राप्रपाका केही नेताहरु बीचको सम्बन्धले पनि डा. लोहनीलाई राप्रपा फुटाउन खोजेको आरोप लाग्ने गरेको छ । तर, यसलाई ठाडै अस्वीकार गर्छन् लोहनी ।

पुग्ला ४० प्रतिशत ?
३७ सांसदमध्ये १५ सांसद भए संसदीय दल फुट्न सक्छ । यो आवश्यक ४० प्रतिशत हो । तर पार्टी फुटाउन केन्द्रीय समितिको पनि ४० प्रतिशत पुग्नुपर्ने भएकाले अर्को पक्ष त्यही तयारीमा लागेको छ । एक सांसदले थापाको अवसरवादी चरित्र नसुध्रिएको, पार्टीको मुल सिद्धान्तबाट विचलित भएको तथा राष्ट्रघाती संविधान संशोधनमा हाम फालेकाले आफुहरु मोर्चाबन्दीमा लागेको बताए ।

१० जनाबाट सुरु भएको कमल थापा विरुद्धको मोर्चाबन्दीमा अहिले १५ जना सांसद पुगिसकेका छन् । यो समुहलाई बरिष्ठ नेता पशुपति समशेर राणा, दिपक बोहोरा, बुद्धिमान तामाङ लगायतको समर्थन रहेको छ । अध्यक्ष थापाको निर्णयविरुद्ध गत जेठ १७ बाटै राप्रपाका सांसद रामकुमार सुव्वाको नेतृत्वमा विराज विष्ट, रेशम लामा, रमेश तामाङ, शयन्द्र बान्तावा, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ, बबिता लावती मोक्तान लगायतले मोर्चाबन्दी थालेका थिए ।

अहिले यो समुहकै कारण राप्रपा सरकारमा जान सकिरहेको छैन । स्रोतहरुका अनुसार यो समुहलाई दरवारको राम्रो साथ छ । कमल थापासँग दरवारको सम्बन्ध बिग्रिसकेकाले पनि दरवारले आफ्ना लागि विश्वास्त पात्रको खोजी गरिरहेको छ ।

केही दिअघि मात्रै थापाले केन्द्रिय समितिमा सदस्य मनोनयन गरिसकेकाले राणा समुहलाई ४० प्रतिशत पु¥याउन हम्मेहम्मे परेको छ । स्रोतहरुका अनुसार ४० प्रतिशत पु¥याउन केन्द्रिय सदस्यको किनबेच पनि सुरु भइसकेको छ । एकाथरीले सांसदलाई रोक्न प्रयास गरिरहेको छ भने एउटा समुहले सांसद खरिद बिक्री थालेको स्रोतको दावी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...