प्युठानका ३ युवा उद्यमी पुरष्कृत

3 jana puraskrit

प्युठान । प्युठानका तिन उद्यमी पुरष्कृत भएका छन् । जिल्ला युवा समितिको युवा प्रतिभा, उद्यमीको खोजी तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत उनीहरु पुरष्कृत भएका हुन् ।

युवाहरुलार्इ व्यवसायमार्फत स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरणा जगाउँदै लघु, घरेलु तथा साना उद्योग प्रबर्द्धनमा योगदान पुर्याउने जिल्लाको गौमुखी गाउँपालिका–४ स्थित चाउमिन उद्यमी रिमबहादुर कुँवर, प्युठान नगरपालिका–३ स्थित ग्रिल उद्यमी कृष्ण खड्का र प्युठान नगरपालिका–७ स्थित कृषि उद्यमी गिरबहादुर केसी पुरस्कृत भएका हुन् ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जनही ७ हजार रकमसहित प्रमाणपत्र प्रदान गरे ।

पुरस्कार वितरण कार्यक्रममा प्रजिअ पौडेलले पुरष्कृत व्यवसायीहरुलाई उद्योग फस्टाउन उर्जाशील भएर लाग्न आग्रह गरे । उनले व्यवसायीहरुले उत्पादनमा समेत ध्यान दिन आवश्यक रहेको बताए ।

जिल्ला युवा समितिको कार्यालयका अध्यक्ष नेगनसिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विवस अधिकारी इन्द्रप्रसाद बस्याल, प्रहरी नायव उपरिक्षक रञ्जितसिंह राठोर लगायतले युवालाई प्रोत्साहन गर्दा उद्योगहरु फस्टाउने बताएका थिए ।

प्रतिकृया दिनुहोस