सेयर बजार ४ अर्ब बढीको कारोबार

Economic 310x165

काठमाडौँ, । धितोपत्र बजारमा यस साता ४ अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १ सय ६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३ सय ९० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनी २ अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरका ७० लाख २३ हजार ६ सय ३० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ४८ अङ्कले घटेर अन्तिम दिन १५८२ दशमलव ६७ अङकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७१ अङ्कले घटेर ३ सय ३६ दशमलव ०४ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको ३० करोड २९ लाख ४० हजार बराबरको शेयर कारोबार भयो ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड अग्रस्थानमा रहेको छ । सो फण्डको २७ लाख १५ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यससाता डिप्रोक्स लघुवित्त विकास बैंक, रिलायवल डेभलपमेन्ट बैंक, भार्गव विकास बैँंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद र बोनस शेयर समेत स्टकमा सूचीकृत भएको छ ।

प्रतिकृया दिनुहोस