प्यूठानमा बामदेव गौतम बनेकै हुन् त एमालेका बाधक ?

यो पटक किन पत्याएनन् प्यूठानीले गौतमलाई

Bamdev gautam

प्यूठान । नेकपा एमालेभित्र निक्कै प्रभावशाली व्यक्तिको रुपमा लिइनछ बामदेव गौतमलाई । उनलाई विगतमा प्यूठानमा राम्रै नेताका रुपमा चिन्थ्यिो । तर, योपटक भने प्यूठानी जनताले उनलाई एकरत्ति पनि पत्याएनन् ।

एकताका जिल्लाको राजनीतिमा ‘बामदेव कै इशारा चल्छ’ भन्ने धेरैमा भ्रम थियो । तर, १४ असारमा सम्पन्न स्थानीय निकायको निर्वाचनको परिणामपछि बामदेव पक्षधरका जिल्ला नेताहरुको कार्यक्षमता र कार्यशैली माथी नै धेरैले प्रश्न तेर्साएका छन् ।

नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष बामदेव गौतमको पुरानो गृहनगर प्यूठान नगरपालिकामा पराजय व्यहोर्दै जिल्लामा एमालेले स्थानीय तहमा निराशाजनक चुनावी परिणाम हात पारेको छ । पार्टीको बलियो पकड भनिएका क्षेत्रमा समेत उसले हार व्यहोरेको छ । विगतका निर्वाचनमा एमालेले जित्दै आएका ‘गढ’ ‘गल्र्यामगुर्लुम’ ढलेका छन् ।

एमाले प्यूठानका लागि अर्को दुःखद पक्ष उत्तरी प्यूठानमा पकड भनिएका स्थानीय तहमा कां्रेसले चारतारे झण्डा फहरायो । सधैँभरी एमालेले जित्दैँ आएको नौवहिनी, गौमुखी गाउँपालिकामा कांग्रेसले विजयी हासिल गरेको छ । एमालेकै राम्रो क्षेत्र मानिने ऐरावतीमा समेत गरी कांग्रेसले जिल्लाका ३ स्थानीय तहमा विजयी हासिल गरेको हो ।

२ नगरपालिकासहित ९ स्थानीय तह छन । जसमध्ये एमालेले ३ स्थानीय तह मात्र जितेको छ । यद्यपी २४ वटा वडा र ४ उपप्रमुख भने जित्न सफल भएको छ । तर, एमालेलाई यो परिणाम सन्तोषजनक भने होइन । चुनावको मुखैमा आउँदासम्म पार्टीको जिल्ला नेतृत्व तालमेलको डौडधुपमा लाग्दा एमालेले सोँचे अनुसार नतिजा हात पार्न नसकेको नेता कार्यकर्ताहरु बताउँछन् ।

योजना बिना नै चुनावमा
चुनावमा कार्यकर्ता परिचालन गर्न एमालेले ठोस योजना बनाएर अघि बढ्न नसक्नु नै उसका लागि पछुतोको विषय बनेको छ । चुनावको मुखसम्म पनि तालमेलमै अल्झिदाँ पार्टीलाई धेरै क्षति पुगेको धेरैको टिप्पणी छ ।

स्थानीय तहको निर्वाचनमा जिल्लाभित्र चुनावीसभा आयोजना गर्ने र केन्द्रिय नेताले भाषण गर्ने बाहेक अन्य कार्यक्रम जिल्ला नेतृत्वले दिन सकेन । स्पष्ट योजना र कार्यक्रम नहुँदा आम कार्यकर्ता परिचालित गर्न एमालेले सकेन जसको प्रभाव नतिजामा देखिन पुग्यो । चुनावमा उम्मेद्धवार चयनदेखि जिल्लाको नेतृत्व चयनमा समेत बामदेवको ठाडो हस्तक्षेप हुने गरेको धेरैले टिप्पणी गर्न थालेका छन् ।

‘राम्रालाई भन्दा हाम्रालाई’ उम्मेद्धवार बनाउँदा स्थानीय चुनाव एमालेका लागि प्रतिकुल बन्न नसकेको एमालेकै नेताहरुको प्रतिक्रिया दिन थालेका छन् । एमाले नेता गौतमलाई कुरा लगाएर आफ्नो जिविका धान्नेहरुले पार्टीलाई क्षति पु¥याएको धेरैले टिप्पणी गरेका छन् ।

गौतमका आश्वासनको असर
प्यूठान क्षेत्र नम्बर १ बाट चुनाव जितेर पार्टीको केन्द्रिय उपाअध्यक्ष समेत रहेका गौतम उपप्रधान एवं गृहमन्त्रीसमेत भए । संविधानसभा निर्वाचनका समयमा उनले आमनागरीक सामु गरेका प्रतिवद्धता पूरा गर्नेतर्फ ध्यान नदिँदा एमालेले जिल्लामा क्षती व्यहोर्नुपरेको एमाले समर्थक कार्यकर्ताको बुझाई छ ।

गौतमले मतदातालाई प्रभावित पार्ने गरि दिएका विकास निर्माणका प्रलोभन पुरा नहुँदा अहिले उक्त आश्वासन ‘गलपासो’ सावित हुन पुगेको छ । बामदेवले चुनाव जित्न सार्वजनिक गरेका ३४ बुँदे सार्वजनिक प्रतिबद्धतापत्र बारे जिल्ला पार्टीभित्र र राजनीतिक वृतमा समेत ‘खोक्रा आश्वासन’ भनेर खिल्ली उडाउने गरिएको छ । गौतमले सार्वजनिक गरेका प्रतिवद्धता पुरा नगर्दा बिरोधीले यसैलाइ चुनाव जित्ने आधारपत्रका रुपमा नागरिकको घरदैलोमा पु¥याएका थिए ।

संविधानसभा निर्वाचनमा बामदेवका स्वकीय सचिव दाखाक्वाडी प्यूठान निवासी बिजय बिराज बिष्टले प्रहरी बनाइदिने भन्दै जिल्लाका कैयाँै युवाहरुको ‘छाती नाप्दै’ हिडेका थिए । विष्टले यूवाहरुलाई प्रलोभन बाढ्दै हिडेपछि यसको असर यसपालीको निर्वाचनमा समेत पर्न गयो । दक्षिणी प्यूठानमा यसको असर प्रत्यक्ष रुपमा देखियो । यस क्षेत्रका दुई सय बढि एमाले कार्यकर्ताले यसैका कारण पार्टी परित्याग गरेका छन् । बामदेव गौतम प्यूठान छिरेपछि जिल्ला पार्टीमा खैलाबैला मच्चिँदै आएको स्रोतले जनाएको छ ।

कांग्रेस भयो सफल
२०७० सालको संविधानसभा निर्वाचनमा चौथो शक्तिको रुपमा रहेको कांग्रेसले यसपाली राष्टिय जनमोर्चा र माओवादी केन्द्रलाई उछिन्दै दोश्रो शक्तिमा आफ्नो पहिचान बनाएको छ ।

आगामी प्रदेश र केन्द्रिय तहको निर्वाचनमा समेत कांग्रेस र एमालेबीच कडा टक्कर हुने धेरैले आँकलन गरेका छन् । अहिले नेपाली कांग्रेसले जिल्लामा पाएको जितलाई हेर्ने हो भने सधैं सफल भइरहेका बामपन्थी दलहरु भन्दा कांग्रेस निक्कै सफल भएको जिल्लामा चर्चा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...