परनिर्भरता बढ्दो, आयात झण्डै दोब्बरले बढ्यो

Economic growth

मोरङ, । निर्यातजन्य वस्तुको उत्पादन कम हुँदा पूर्वाञ्चलमा परनिर्भरता बढेको छ । पछिल्ला तीन वर्षमा निर्यात घट्दो क्रममा छ भने आयात झण्डै दोब्बरले बढेको छ ।

नेपालमा उपलब्ध नहुने औद्योगिक कच्चा पदार्थको तुलना खाद्यान्न र लत्ताकपडा आयात बढी भएको छ । विराटनगरस्थित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यालय प्रमुख कृष्ण रेग्मीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा ६८ अर्ब ८३ करोड ६८ लाख १ हजार ८१३ बराबरका २ हजार ९८८ प्रकारका वस्तु आयात भएका छन् । सोही अवधिमा १२ अर्ब ८० करोड ४५ लाख ६ हजार ६९५ बराबरको सामान निर्यात भएको छ ।

आयातको तुलनामा निर्यात झण्डै साढे ५ गुणाले कमी हो । गत आव २०७२÷७३ मा २६ अर्ब ६७ करोड ५७ लाख ६८ हजार ८७३ का वस्तु तथा सामग्री निर्यात भएको थियो भने गत वर्ष रु एक खर्ब ४९ अर्ब २ करोड ८३ लाख ५७ हजार ७९ को आयात भएको थियो ।

नेपालबाट औसतमा ३३१ प्रकार सामग्री निर्यात हुने गरेका छन् भने आयात हुने बस्तुको संख्या ३ हजार ६०७ प्रकारका छन् । आर्थिक वर्ष ७०÷७१ मा नेपालबाट रु ३७ अर्ब ४९ करोड ३२ लाख ५० हजार ९५७ का वस्तु तथा सामग्री निर्यात भएका थिए । तर २०७१÷७२ मा निर्यात रु चार अर्ब घट्न गएको छ ।

यस्तै गत आवमा रु सात अर्ब निर्यात घटेको छ । लगातार निर्यात ओरालो लाग्दा आयातको मात्रा दोब्बरले बढेको कार्यालय प्रमुख रेग्मीले बताए । रेग्मीका अनुसार चालु आवको ६ महिनाकै तुलनामा आयात भए चालु आवमा यस वर्ष १ खर्बको ३७ अर्ब ६७ करोडको आयात हुनेछ । गत आवको तुलनामा झण्डै १२ अर्बले आयात घटी हुने देखिए पनि यो विद्युत्भार कटौती कम भएका कारण इन्धनको माग घट्दा आयात घटेको देखिएको हो ।

त्यस्तै तीन वर्षयता मासुजन्य उत्पादन पनि नेपालमा बढेको देखिएको छ । आव २०७१÷७२ मा पूर्वाञ्चलमा ३८ हजार ६७० वटा खसी, बाख्रा भेडा आयात भएकोमा २०७२÷७३ मा ३१ हजार ३९५ वटा मात्र खसी बाख्रा र भेडा आयात भएका छन् ।

आव २०७२÷७३ मा खसी, बाख्रा र भेडाको आयात ११ हजार ७३८ मा कम भएको छ भने चालु आवको ६ महिनामा १२ हजार ६३८ वटा मात्र खसी बाख्रा आयात भएका छन् । भेडाको आयात चालु आवमा शून्यमा झरेको छ ।

प्रतिकृया दिनुहोस