श्रीमतीको उच्च रक्तचापको उपचार गराउन थाइल्याण्ड पुगे प्रचण्ड

Prachanda 1

काठमाडौं । राष्ट्रियताको कुरा गर्नेहरुले सानो कामको लागि पनि विदेश शयर गर्न सुहाउँछ कि सुहाउँदैन ? सचेत नेपालीले भन्छन्, राष्ट्रियताको वकालत गर्नेले मात्रै होइन, आम नेपालीले हरेक समस्याको समाधान नेपालमै गरिनुपर्छ ।

तर, नेपालका पूर्वप्रधानमन्त्री, जो १० वर्षसम्म सशस्त्र युद्ध गरेर नेपालको राजकीय सत्तामा नेपाली जनताको पहुँच पु¥याउन सफल भए, तिनै नेता जो श्रीमतिको उपचारका लागि थाइल्याण्ड गएका छन् ।

लामो समयको त्याग र तपस्यापछि नेपालमा समावेशी राज्यको अवधारणा आएको थियो । त्यसैगरी राज्यका शक्तिाई स्थानीय तहसम्म पुग्ने गरी आन्दोलन गर्ने पनि त्यही माओवादी हो , जो अहिले सत्तामा छ । त्यही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आफ्नी श्रीमति सीता दाहालको सामान्य उपचारका लागि शुक्रबार थाइल्याण्ड गएका छन् । त्यो पनि दुई दिनका लागि ।

सामान्यतयः नेपालमै पनि ज्वरो आएको विरामीको स्वास्थ्य परीक्षण गर्त ३ दिनसम्म लाग्ने गरेको छ । विभिन्न प्रकारका चेकजाँच गर्न त्यति समय लाग्छ । तर, प्रचण्डले आफ्नी श्रीमतिलाई लिएर थाइल्याण्ड गएका छन् । प्रचण्डका साथमा श्रीमति सीता दाहाल, छोरा प्रकाश दाहाल र नातिनीलाई पनि लिएर गएका छन् ।

विरामीको स्वास्थ्य परीक्षण गर्न ३ दिनसम्म लाग्न सक्छ । तर, मन्त्रीमण्डल विस्तारमा झमेला आइरहेका बेला सत्ता साझेदार दलका अध्यक्ष दाहाल लामो समयदेखि उच्च रक्तचापबाट पीडित श्रीमतिको नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका हुन् ।

पारिवारिक स्रोतका अनुसार प्रचण्ड थाइल्याण्ड जानु अरु कुनै कामका लागि नभएर मात्र श्रीमतिको नियमित परीक्षणका लागि हो । अन्य कार्यक्रम थिएन ।

यसअघि सरकारी समाचार एजेन्सी राससले यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल थाइल्यान्ड जान लागेको भन्दै उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनालाई उद्‍धृत गर्दै समाचार प्रेषण गरेको थियो । अहिले जस्तासुकै रोगको पनि नेपालमै उपचार सम्भव छ । तर, प्रचण्ड जस्ता जनताका आवाज बोल्ने नेताले त्यसरी सामान्य उपचारका लागि पनि थाइल्याण्ड जानुलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रचण्ड शुक्रबार नेपाल फर्किदैछन् । प्रचण्ड फर्किएपछि मात्र मन्त्रीमण्डलको पनि विस्तार हुँदैछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...