किन घट्यो सुनको मुल्य कारण यस्तो छ

Gold 1

काठमाडौं । अहिले सुन चाँदीको मुल्य तगातार गिरावट आइरहेको छ । खासगरि मुख्य कारोबांर हुने वैशाख र असार महिनामा भएको स्थानीय तह चुनावले कारोबारमा आधाले कम आएको छ । पहिला दैनिक ५० किलो सुनको कारोवार हुन्थ्यो ।

तर वैशाख महिनामा भएको पहिलो चरण चुनावले गर्दा २५/३० किलोको मात्र कारोवार भएको ब्यवसायीले बताएका छन् । अहिले दैनिक ४० किलो सुनको कारोबार हुने महिनामा पनि दोस्रो चरण चुनाव भएपछि २०/२५ किलोमात्र कारोवार भएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन विश्वकर्माले जानकारी दिए ।

चुनावको समयमा मतादानको लागी सबैजना आफनो क्षेत्रमा गएको र विवाह पनि कम भएकाले सुनको कारोवारमा कमी आएको उनले बताए ।

शाक्यले भने, २‘०७४ सालको सुरु देखिनै सुनको भाउमा उतार–चढाव र चुनावले गर्दा कारोवार सोचेको जस्तो भएन’ ‘अब चाडवाडको सिजन आएकाले कारोवारले गति लिने विश्वास छ ।’

यो सालको सुरुवातमा ५५ हजार रुपैयाँमा कारोवार भएको सुनको मूल्य घटेर ५२ हजार ८ सय रुपैयाँ सम्म आएको थियो । सुनको मुल्यमा ओरालो लाग्न थालेपछि नागरिकमा सुनको मुल्यमा अझै गिरावट आउने आशले पनि सुनको कारोवारमा कमी आएको हुनसक्ने उनले बताए ।

प्रतिकृया दिनुहोस