बलबहादुर कुँवर, जसले अरुको ज्यान बचाउन खोज्दा आफ्नै ज्यान बचाउन सकेनन्

Balbdr kunbar

पोखरा । अरुको ज्यान बचाउनु मानवीय धर्म नै हो । त्यसमा पनि सुरक्षाको काममा खटिएकाहरुले त झन अरुको सुरक्षाका लागि आफ्नो ज्यानको बाजी नै राख्नुपर्छ । त्यसरी नै ज्यानको बाजी राखेका थिए बलबहादुर कुँवरले ।

कतिले त्यसरी ज्यानको बाजी राख्दा जित्छन् त कतिले हार्छन् । बाजी भनेकै चुनौतीपूर्ण हुन्छ । तर, कुँवरले अरुको उद्धार गर्न खोज्दा आफ्नै ज्यान धरापमा पारे र ज्यान नै गुमाए ।

घटना हो पोखरा हर्पन खोलामा माछा मार्न गएका युवाको खोजी कार्य । सोमबार फेवातालको मुहानमा रहेको हर्पन खोलामा माछा मार्न गएका पोखरा लेखनाथ महानगरपालिका–३, नदीपुरका ललित पुन र इन्द्र पुनलाई दिउसो खोलाले बगाएको थियो ।

उनीहरुको खोजी कार्यका लागि सोमबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको थियो । कुँवर पनि खोजी कार्यमा संलग्न थिए । ललित पुन र इन्द्र पुनलाई प्रहरीले हराएको स्थानकै नजिक मृत अवस्थामा फेला पारेको थियो ।

ती दुई युवामध्ये नदीपुर ३ का ललित पुनको लासलाई निकाल्न बलबहादुर कुँवर गएका थिए । तर, दुर्भाग्य, पुनको लास निकाल्न नपाउँदै उनी त्यही खोलामा डुबे । उनलाई पनि प्रहरीले तत्काल उद्धार त गरेर गण्डकी मेडिकल कलेज लग्यो । तर, बचाउन सकेनन् ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ साबिकको ठुलीपोखरी–७ का २५ वर्षीय कुँवरको मृत्युले उनको परिवारका साथै सिङ्गो ठूलीपोखरी गाउँ शोकमग्न बनेको छ । उनको आज मोदीवेणी घाटमा प्रहरीले अन्तिम सलामी अर्पण गरेपछि अन्तिम संस्कार गरिँदैछ ।

कुँवर पश्चिम शसस्त्र प्रहरी गण पोखरामा कार्यरत थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...