विश्व जनसंख्या दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइयो

Sabhamukha

काठमाडौँ, । मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने मुल नारा सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरि विश्व जनसंख्या दिवस मनाइएको छ ।

सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ का दिन विश्व जनसंख्या दिवस मनाइँदै आइएको छ । विसं २०५६ मा विद्यालय तहमा जनसंख्या शिक्षा विषय पढाउन थालिएपछि नेपालमा जनसंख्या नियन्त्रण सम्बन्धमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । नेपालले यस वर्ष मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’भन्ने नाराका साथ ३ दिन यो दिवस मनाउँदै छ ।

नेपालमा सन् १९९० देखि लगातार जनसंख्या दिवस मनाइँदै आइएको छ । विश्व जनसंख्या दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने बताइन् ।

संयुक्त राष्ट्रसंघीय जनसांख्यिक कोष युएनएफए का राष्ट्रिय प्रतिनिधि जुलिया भ्यालेन्सले जनसंख्या वृद्धिमा नेपाली युवा–युवतीको संख्या आकर्षक रहेको बताउँदै जनसंख्या नियन्त्रणमा सरकारले लगानीमा वृद्धि गर्नुपर्ने सुझाव दिए ।

सन् १९८७ मा विश्वमा ५ अर्ब जनसंख्या पुगेपछि जनसंख्या सम्मेलन पपुलेसन समिट ले जनसंख्या दिवस मनाउने निर्णय गरेको थियो । एक अध्ययनअनुसार सन् २०१७ अप्रिल २४ सम्म विश्वको जनसंख्या ७ अर्ब ५० करोड पुगेको उल्लेख छ ।

विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ पुगेको छ जसमा पुरुषको संख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार ४ सय ६३ छ । नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ ।

नेपालमा जनसंख्या वृद्धिदर १ दशमलव ०३५, जनघनत्व प्रतिवर्ग किमी १८०, कृषिमा आबद्ध ६५ दशमलव ०६ प्रतिशत, कोरा जन्मदर हजारमा २४ दशमलव ३, कोरा मृत्युदर हजारमा ८ दशमलव ३, घरपरिवार संख्या पाँच लाख ४२ हजार ७०२, शिशु मृत्युदर ४४ प्रतिशत र र औषत आयु ६४ दशमलव १ वर्ष रहेको छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्रमुख डा रामशरण पाठकले भन्नुभयो – “नेपालमा अशिक्षा, गरिबी र परम्परागत सोचाइले जनसंख्या वृद्धि रोक्न सकिएको छैन । छोरा पाउँदा खुशी हुने र छोरी पाउँदा दुःखी हुने नेपाली समाजमा सकारात्मक सन्देशको भावना फैलाउन जरुरी छ ।”

युएनएफएका अनुसार विश्वमा विवाहित महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका साधन अपनाइरहेका भए पनि उचित ढङ्गले त्यस्ता साधनको प्रयोग भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...