मौद्रिक नीति सार्वजनिक

उपत्यकामा घर जग्गा कर्जा लिन कडाइ

Maudrik niti

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहे पनि वित्तीय असन्तुलन क्रमशः घट्दै गएको बताएको छ । आव २०७४/७५ को मौद्रिक नीति आइबार सार्वजनिक गर्दै केन्द्रीय बैंकले शोधनान्तर स्थिति सन्तोषजनक रहेको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको दावी पनि गरेको छ ।

बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा सरकारले निर्धारण गरेको आगामी आवको ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक उपकरण प्रयोग गरी प्राथमिकताका आयोजनामा लगानी गरिने उल्लेख गरिएको छ ।

उपत्यकामा आवासीय कर्जा लिँदा समेत एलटिभी रेसियो कडाइ गरिएको छ। पहिला ६० प्रतिशत रहेको यो सीमा ५० प्रतिशतमा झारिएको हो। उपत्यका बाहिरका स्थानमा भने ६० प्रतिशतको अनुपात यथावत छ। संघीयता कार्यान्वयन र बिकेन्द्रिकरणलाई बढावा दिन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको दावी छ।

विदेशी मुद्रा सटही सम्बन्धमा अनौपचारिक कारोबारलाई नियन्त्रणमा जोड दिने समेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ। अब आफ्नो खाता नभएको बैंकमा पनि पैसा जम्मा गर्न सकिने भएको छ। बैंकिङ सेवा तथा कारोबारलाई थप सरल र सरज बनाउन यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत काठमाडौं उपत्यकामा घर जग्गा कर्जा लिन कडाइ गरेको छ। उपत्याकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ९एलटिभी रेसियो० हालको ५० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा सीमित गरिएको छ ।

प्रतिकृया दिनुहोस