यसरी हुँदैछ प्रदेश राजधानीको तानातान

धनकुटा, धरान, इटहरी र विराटनगरका मेयर नै लागे तानातानमा

Federalism map

काठमाडौं । आइतवार विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर भीम पराजुलीले विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाएर आर्थिक र औद्योगिक केन्द्रका रुपमा विकास गर्ने बताए ।

शुक्रबार इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर द्वारिकलाल चौधरीले इटहरीलाई नै प्रदेशको राजधानी बनाउने प्रतिवद्धता जनाए । उनले पूर्वको व्यापारिक एवं भौगोलिक केन्द्र विन्दुको रुपमा रहेको इटहरीलाई प्रदेश नम्वर १ को राजधानी बनाउन उपयुक्त भएको भन्दै इटहरीलाई १ नम्बर प्रदेशको राजधानी बन्ने दावी गरे ।

शुक्रबार मात्रै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले १ नम्बर प्रदेशको राजधानी धनकुटा हुने दावी गरे । उनले सबै जिल्लालाई पायक पर्ने र पूरानो गौडा भएकाले पनि धनकुटा प्रदेशको राजधानी हुने दावी गरे ।

राज्य पुनर्संरचना गर्दा कुन ठाउँमा प्रदेश राजधानी राख्ने भनेर किटान नगर्दा अहिले प्रदेश नम्बर १ सबैको आँखाको तारो बनेको छ । त्यति मात्रै होइन, व्यक्ति पिच्छेको प्रतिवद्धताले प्रदेशको राजधानी राख्ने विषयमा थप अन्योलता बढ्दै गएको छ ।

हालसम्म प्रदेश नम्बर १ बाहेक अन्य ठाउँमा कहाँ प्रदेश राजधानी राख्ने भनेर मोटामोटी सहमित बनेको छ । दाङ र चितवनबाहेक पुराना क्षेत्रीय सदरमुकाममा प्रदेश राजधानी बस्ने निश्चित छ । तर, १ नम्बर प्रदेशका मुख्य दावेदार ठाउँका मेयरहरुले आफ्नै ठाउँमा प्रदशेको राजधानी बनाउने जनतालाई आश्वासन दिइरहेका छन् ।

उस्तै नारा
प्रदेश नम्बर १ को राजधानी कहाँ राख्ने भन्ने विषय यो स्थानीय निर्वाचनमा अधिकांस राजनीतिक दलहरुका चुनावी नारा बने । खासगरी धनकुटा, धरान, इटहरी र विराटनगरका साना ठूला सबै राजनीतिक दलहरुले प्रदेश राजधानीलाई चुनावी नारा बनाए ।

हार्नेले त हारे नै, जित्नेका लागि आफ्नो प्रतिवद्धता कार्यान्वयनका फलामको चिउरा बन्ने गर्छ । त्यही फलामे चिउरा नै पर्छ प्रदेशको राजधानी बनाउने कुरा । निर्वाचनका बेला सबैले एउटै प्रकारका नारा लगाए । धनकुटा, धरान, इटहरी र विराटनगरका सबैको साझा नारा बन्यो प्रदेशको राजधानी बनाउने कुरा ।

नेकपा एमालेले विराटनगरलाई प्रदेश राजधानी बनाउने आधिकारिक लाइन लिएको छ । तर, इटहरी उपमहानगरपालिका र धनकुटा नगरपालिकामा एमालेले जितेको छ । सो स्थानका मेयरहरुले आफ्नै ठाउँलाई प्रदेश राजधानी दावी गरिरहेका छन् । त्यहीअनुसार चुनावी नारासमेत बनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...