खानेपानीको मुहानमै भेटियो हानिकारक कोलिफर्म

Water 25

नुवाकोट । नुवाकोटका विभिन्न स्थानका बासिन्दाले पिउदै आएको खानेपानीमा कोलिफर्म भेटिएको छ ।

जिल्लाका विभिन्न स्थानका बासिन्दाले पिउने खानेपानीमा मानव स्वास्थ्यका लागि अत्याधिक हानिकारक ‘दिशामा पाइने जिवाणु’ कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेका बासिन्दाले उपभोग गर्दै आएको मुहानबाट सङ्कलन गरिएको पानीको नमूना परीक्षणमा सबै स्थानमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको पाइएको स्वास्थ्य निरीक्षक घिमिरेले बताए ।

पानीमा हुने दूषित र मनसुनको परिवर्तनले महामारी रोगको रुपमा झाडापखाला, टाइफाइड, कमलपित्त ‘जन्डिस’, रगतमासी, रुघाखोकी लगायतका रोग देखिने गरेको छ ।

उपभोक्ता समितिमार्फत ठूलो समुदायमा वितरण भएको पानीको मुहानबाट लिएको नमूना परीक्षणमा अत्याधिक कोलिफर्म देखिएपछि त्यसबाट रोगको संक्रमण बढ्ने भएकाले त्यसको राकथाममा लाग्न स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । वर्षायाममा फैलन सक्ने महामारी रोग र स्वास्थ्य सेवा नियन्त्रण गर्न समुदायमा गठन भएका ‘¥यापिट रेस्पोन्स टिम’लाई सक्रिय बनाउन सुभाmव समेत दिएका छन् ।

कोलिफर्मबाट लाग्न सक्ने रोगबाट बच्न ब्लिचिङ पाउडर, पियुसको प्रयोग, ट्याङ्कीको सरसफाइ, उमालेर प्रयोग गर्नेलगायतको पानी स्वच्छ बनाउने विधि प्रयोग गर्न सकिन्छ ।

शुद्ध खानेपानीकै अभाव मानिसहरुलाई विभिन्न प्रकारका रोग लाग्ने गर्छ । दुसित खानेपानीकै कारण कयौ मानिसले अकालमा जयान गुमाउनुपरेको पनि छ ।

 

प्रतिकृया दिनुहोस