ओझा भन्छन्, हराए पनि देउवाको साथ छ मलाई

Bp ojha

डडेल्धुरा । डडेलधुरा यो बेला निक्कै चर्चामा छ । वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा यही जिल्लाका भएकाले पनि चर्चा हुनु स्वभाविक हो । अझ त्यसमा पनि प्रधानमन्त्री कै जिल्लामा प्रधानमन्त्रीको पार्टी पराजित हुँदा कम चर्चा हुने कुरै भएन ।

अहिले जिल्लालाई थप चर्चामा ल्याउने काम अमरगढी नगरपालिकामा विजयी हुने विश्वेश्वरप्रसाद ओभा (विपीन) ले गरेका छन् । ओझाले उम्मेद्वारलाई २ हजार ७ सय ६८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार डिल्लीराज जोशीलाई पराजित गरेका थिए । जोशीले २ हजार ५ सय ४० मत ल्याएका थिए ।

त्यसबेला सबैले अमरगढीमा नेपाली कांग्रेसले जित्ने आँकलन गरिएको थियो । तर, त्यो आँकलन विपरित नेकपा एमालेले जित हात पा¥यो । त्यही भएर पनि ओझा चर्चामा आएका छन् ।

अहिले चर्चामा आए पनि उनले त्यो चर्चालाई सधैं कायम राख्छन् कि राख्दैनन् ? त्यो समयले बताउँला । तर, अहिले उनले सार्वजनिक गरेका कार्यक्रम पूरा गर्न सकेको अवस्थामा भने उनलाई फेरि नगरवासीले चर्चामा ल्याउन सक्छन् ।

केके छन् उनका कार्यक्रम ?
नगरपालिकाका मेयर बनेपछि उनको समुहले पदभार ग्रहण गरिसकेको छ । पदभारपछि उनले नगरलाई हराभरा बनाउन विभिन्न कार्यक्रम पनि अघि सारेका छन् ।

उनले पदभार ग्रहणपछि पहिलो योजनाको रुपमा नगरपालिकाभित्रको खानेपानीको व्यवस्थापनलाई लिएका छन् । उनले नगरमा स्वस्थ्य खानेपानी वितरणका लागि पहिलो जिम्मेवारी ठानेका छन् ।

उनको दोस्रो योजना भनेको सडक विस्तार हो । नगरलाई सडक सञ्जालमा जोड्ने उनको योजना छ । उनले भने, ‘भित्री मध्य र बाहिरी सडक खण्ड निर्माण गर्ने योजना बनाएको छु ।’ आफ्नो ५ वर्षे कार्यकालभित्र एक घर एक खानेपानीको धारा पनि उनको प्रथमितामा पर्ने छ ।

प्रचुर सम्भावना रहेको सुन्दरनगरी अमरगढीलाई समृद्ध, आकर्षक पर्यटकीय विकास गर्ने उनको योजना छ । बढ्दो बजारीकरणलाई व्यवस्थित बनाउने, सपिङ कम्लेक्स निर्माण, बसपार्क निर्माण, सभागृह निमाण आदी पनि उनको प्राथमितामा परेको छ । नगरलाई स्मार्ट सिटी बनाउने योजना त त्यसै पनि छँदैछ ।

त्यसका अलावा नगभित्रको बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्ने, कृषि, पशुपालन, औद्योगिक विकास, स्वास्थ्य, शिक्षादेखि विकास निर्माण गरी नमुना नगरपालिका बनाउने उनको प्रतिवद्धता छ । जुन कुरा उनले आफ्नो चुनावी घोषणा पत्रमा पनि उल्लेख गरेका थिए । उनले निशान न्युजसँग भने, ‘दुई दशकपछि जनप्रतिनिधि भएर आउँदा विकास, पर्यटन, कृषि, रोजगार, जडिबुटी आदी क्षेत्रको विकास गरेर नगरपालिकालाई आर्थिक रुपमा बलियो बनाउने योजना बनाएको छु ।’

हराए पनि देउवाको साथ
यहि असार १४ मा सम्पन्न भएको स्थानीय तहको दोस्रो चरण निर्वाचनमा उनले नेपाली कांग्रेसका डिल्लीराज जोशीलाई १ सय २८ मतको अन्तरले पराजित गरे । नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सहयोग गर्दैनन् कि भन्ने धेरैले आशंक गरे । तर, उनले प्रधानमन्त्री देउवाको ठूलो साथ रहने अपेक्षा गरेका छन् ।

अमरजढी जिल्ला समदरमुकाम पनि हो । उनको बुझाईमा जिल्लाको विकासमा निर्वाचनले असर पार्दैन र पार्नु पनि हुँदैन । त्यही भएर वहालवाला प्रधानमन्त्री देउवाबाट आफुलाई पूर्ण साथ रहने अपेक्षा गरेका छन् ।

उनले निर्वाचनमा जेजस्तो भए पनि सबैलाई मिलाएर लैजाने बताएका छन् । ‘समग्र जिल्लाको विकासमा साझा धारणा बनाई काम गर्न सबैको लक्ष्यअनुरुप राजनीतिभन्दा माथि रहेर काम गर्नुपर्छ’, उनले निशान न्युजसँग भने, ‘मलाई त बिपक्षी दलको भनेर प्रधानमन्त्रीज्यूबाट असहयोगको अवस्था सृजना होला भन्ने लाग्दैन, यदी कथामकदाचित भइहालेमा अनुनय गरेर भए पनि सहयोग गर्ने वातावरण मिलाउँछु ।’

को हुन् ओझा ?
०३७ मा वावु पदमराज ओझा र आमा रत्नादेवी ओझाको कोखबाट जन्मिएका विश्वेश्वरप्रसाद ओझा लामो समयदेखि राजनीतिमा लागेका ओझा जिल्लामा परिचित नेता हुन् ।

उनी नेकपा एमाले डडेलधुराको नगर वडा कमिटी उपसचिव, नगरसदस्य हुँदै अमरगढी नगर कमिटीका अध्यक्ष हुन् । उनी ०६३ लमा शिक्षा क्याम्पस डडेल्धुराको स्ववियु उपसभापतिसमेत भएका थिए भने ०६५ को स्ववियु निर्वाचनमा क्याम्पसमा सभापति समेत निर्वाचित भएका थिए ।

विद्यार्थी कालदेखि राजनीतिमा पाइला टेकेका ओझाले राजनीति शास्त्र र जनसंख्या शिक्षामा स्नाकोत्तर गरेका छन् । उनलाई जिल्लामा राजनीति बुझ्ने नेताका रुपमा पनि चिनिने गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...