सिंहदरबारभित्रै गाइजात्रा : वर्षात् छेक्न प्लाष्टिकको ओत

Sinhdarabar

काठमाडौं । ‘काँही नभएको जात्रा हाँडीगाउँमा’ त्यसै भनिएको होइन, यो नेपाल र नेपालीको व्यहारलाई आँकलन गरेर नै उखान बनाएको हो । किनभने नेपालमा सधैं हाडीगाउँको जात्रा भइरहने गर्छ । त्यसमा पनि राजनीति दल र सरकारको काम नै जात्रा देखाउने हो । सरकारले अहिले फेरि यस्त्रै जात्रा देखाएको छ ।

सरकारले भूकम्पबाट थलिएका नेपाली जनताका घर त बनाउन सकेको छैन नै, आफैं बस्ने र तिनै जनतालाई शाषन गर्न बस्ने घर पनि बनाउन सकेको छैन । हुँदाहुँदा सरकारले सिंहदरवारको छानामा प्लाष्टिकले ढाँकेर अर्काे लज्जास्पद जात्रा देखाएको छ ।

भूकम्प गएको दुई वर्ष पूरा भइसक्यो । तर, पुनर्निर्माणको काम अझैं अघि बढ्न सकेको छैन । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ ।

सरकारले भूकम्प गएको दुई वर्षसम्म पनि लम्बेतान नियम, पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच कसले बनाउने भनेर लामो समयसम्म विवाद हुँदा सिंहदरवारकै संरचना बनाउन सकेको थिएन । तर, विवाद छ भन्दैमा झरी र वर्षाले माया नगर्ने भएकाले पनि बल्लबल्ल सरकारले यसको पुनर्निर्माया गर्न सिंहदरवारको मूल भवनलाई प्लाष्टिकले ढाँकेको हो ।

प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

पुरातत्वविद्, प्राधिकरण र मन्त्रालयका अधिकारीले सिंहदरबारको अवलोकन गरी पुरातात्विक महत्व बोकेको सिंहदरबारलाई नभत्काई प्रबलीकरण गर्ने निर्णय गरेका थिए । वर्षाअगावै प्रबलीकरण नसकिने भएकाले प्लास्टिकले छोपेर घामपानीबाट मूल भवनलाई जोगाइएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...