आर्थिक अभाव मृर्गौला प्रत्यारोपणमा समस्या

Mirgaula

काठमाडौँ, । सरकारले मृगौला प्रत्यारोपन सहुलियत गरिने कार्यक्रम ल्याए पनि कयौ मृगौला पिडित आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपण गर्न नसक्दा समस्या परेका छन् ।

यस्तै समस्यामा पिरोलिएको छिन् झापा शिवगञ्ज पाँचगाछीकी दुरामती राजवंशीलाई । उनको दुवै मिर्गौला खराब भएको छ । उनका छोरा विश्वनाथले आमालाई मिर्गौला दिने भने तापनि प्रत्यारोषण गर्नका लागि ठूलो रकमचाहिने भएकाले यतिबेला उनलाई आर्थिक अभाव नै तगारो बनेको छ ।

उनले मानव अङ्ग प्रत्यापरोण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गर्नका लागि ५ देखि ६ लाख चाहिने भए पनि आफूसँग त्यति धेरै रुपैयाँ नभएको बताए ।

उस्तै समस्या झेलीरहेका छन, ३ महिनादेखि बिरामी रहनुभएका दुरामतीको उपचार गाउँघरबाट ऋण सापट लिएर भइरहेको छ ।

अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहेका दुरामतीको २ मिर्गौला खराब भएकाले प्रत्यारोपण गराउनुपर्ने चिकित्सक डा नवीन भट्टले बताए । उनका अनुसार अहिले दुरामतीले डाइलोसिस गराइरहेका छन् ।

प्रतिकृया दिनुहोस