भक्तपुर इवामुरा मेमोरियल अस्पतामा मोतीयाविन्दुको शल्यक्रिया  

Akha sibir

भक्तपुर, । सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले आँखामा हुने मोतियाविन्दुको शल्यक्रियासहितको उपचार सेवा सुरु गरेको छ ।

लायन्स क्लब डिस्ट्रिक ३२५ ए¬–२ का सहयोगमा अस्पतालले लायन्स आइ केयर एन्ड डाइबेटिज केयर सेन्टर नै सञ्चालन गरेर सेवा सुरु गरेको हो । भक्तपुरमा आँखा र मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएपछि यसको उपचारका लागि काठमाडौँका अस्पतालमा जानु नपरोस् भनेर स्थानीयस्तरमै सेवा लागिएको अस्पतालका निर्देशक रञ्जित मारिकुले जानकारी दिए ।

अस्पतालले ७ दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म न्यून शुल्कमा सेवा दिएको छ । आँखाको मोतियाविन्दुको समेत शल्यक्रिया त्यहीँबाट हुने भएपछि यहाँका बिरामीलाई सहज हुने तथा मधुमेहका बिरामीका लागि मधुमेहको परीक्षण र परामर्श दिने सेवासमेत सञ्चालन गरिएको छ ।

भक्तपुरलाई मधुमेह रोगमुक्त जिल्ला बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताउँदै उनले भक्तपुरमा आँखा रोगको शल्यक्रिया जिल्लामै पहिलो पटक सञ्चालन गरिएको जिकिर गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...