रोल्पामा काँग्रेस, माओवादी केन्द्रले हरायो एमालेलाई

3 dal flage

रोल्पा, । रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक भएअनुसार काँग्रस र माओवादी अग्र पंक्तिमा रहेको छ ।

मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा माओवादीले अग्रता लिएको छ भने नेपाली काँग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ । यसैगरी नेकपा एमाले तेस्रो स्थानमा देखिएको छ ।

परिणाम घोषित वडामध्ये नेकाले सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ । नेकपा एमाले भने अहिलेसम्म एक वडामा मात्र सीमित रहेको छ ।

जसअनुसार नेकाले सुकीदह गाउँपालिका–१, रुन्टी गढी गाउँपालिका–२, ३ र ४, सुवर्णावती गाउँपालिका–१, लुङ्ग्री गाउँपालिका–१ र रोल्पा नगरपालिका–१० मा विजय हासिल गरेका छ ।

रोल्पा नगरपालिका–१० मा दुई मत हराएको भन्दै नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेको कारण परिणाम घोषणा गरिएको छैन ।

सो वडामा नेकाका उम्मेदवार मानबहादुर खत्रीले ७ सय ८ मत प्राप्त गरेका छन् भने नेकपा ९माओवादी केन्द्रका मतिलाल डाँगीले ६ सय २२ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्र विजयी भएका वडामा थवाङ गाउँपालिका–४ र ५, दुईखोली गाउँपालिका–१ र २, माडी गाउँपालिका–१ र २, रुन्टीगढी गाउँपालिका–१, सुकीदह गाउँपालिका–२, सुनछहरी गाउँपालिका–१, रोल्पा नगरपालिका–१, त्रिवेणी गाउँपालिका–१ र लुङ्ग्री गाउँपालिका–७ रहेका छन् ।

नेकपा एमालेले त्रिवेणी गाउँपालिका–२ मा विजय हासिल गरेको छ । परिणाम घोषणा गरिएका सम्पूर्ण वडामा एकल प्यानल विजयी भएको बताइएको छ ।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच नै तीव्र प्रतिस्पर्धा रहेको छ । नेकपा एमाले जिल्लामा तेस्रो स्थानमा देखिएको छ ।

हाल सुवर्णावती, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा नेका अगाडि छ भने रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, दुईखोली गाउँपालिका र माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।

नेकपा एमालेले सुकीदह गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको छ । थवाङ गाउँपालिकामा नेका र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका थिए भने माडी गाउँपालिकामा नेका र नेकपा एमालेले तालमेल गरेको भएपनि दुवै गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस