धनकुटा पाख्रिबास नगरपालिका वडा नं. १ को प्रारम्भिक मत परिणाम

एमाले अग्र स्थानमा काग्रेस पछिपछि

Matganana

धनकुटा । स्थानीय तहमा भइरहेको दोस्रो चरण निर्वाचनको नतिजा आउने क्रममा धनकुटा पाख्रिबास नगरपालिका वडा नं. १ को हाल सार्वजनिक मत परिणाम अनुसार एमाले अग्र स्थानमा रहेको छ ।

नेकपा एमालेले मेयर २ सय ५, उपमेयर २ सय ९, बडा अध्यक्ष २ सय ७ मत ल्याइ अग्र स्थानमा रहेको छ । यसै गरि नेकपा एमालेका निकटतम प्रतिद्धन्दीको रुपमा रहेर नेपाली कांग्रेसले पछ्याइ रहेको छ ।

नेपाली काग्रेसको मेयर १ सय ३०, उपमेयर १ सय २४, वडा अध्यक्ष २ सय २७ मत प्राप्त गरि दोस्रो स्थानमा रहेको छ । वडा अध्यक्षमा भने एमालेलाई कांग्रेसले २० मत ले उछिनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट मेयर ३७, उपमेयर ३६, बडा अध्यक्ष ३८ मत हात पारेको छ । यस्तै नेकपा माओवादी केन्द्रको मेयरमा ३०, उपमेयर ३०, वडा अध्यक्ष ३३ मत प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस