दोस्रो चरणको निर्वाचनमा पनि एमाले अगाडि ताजा अपडेट

Abc exit poll

काठमाडौं, । चुनावका लागि लिएर विदेशमा बिभिन्न प्रक्षेपणहरु हुने गर्छन् । नेपालमा भने चुनावी विश्लेषण र प्रक्षेपणहरुले खासै महत्व पाउने गरेको छैन् ।

तर, दोस्रो चरणको चुनावको विषयलाई लिएर नेपालमा गरिएको एउटा प्रक्षेपण बुधबार सार्वजनिक गरिएको छ । एबीसी न्यूज टेलिभिजनले गरेको तीन वटै प्रदेशमा गरेको प्रक्षेपणको रिपोर्ट सार्वजनिक भएको छ ।

एबीसी टेलिभिजनले गरेको एक्जीट पोल अनुसार दोस्रो चरणमा पनि एमालेले धेरै ठाउँमा जित्ने देखिएको छ । प्रक्षेपणका अनुसार, नेकपा एमाले १ सय ४३, नेपाली काँग्रेस १सय ७, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति ८, नेपाल लोकतान्त्रिक फोरम ६ स्थानमा विजयी हुनेछन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएको राष्ट्रिय जनता पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा दुई दुई स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ । स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी हुने अनुमान गरिएकोमा २२ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

राजनीतिक विश्लेषक रमेशनाथ पाण्डे, राजनीतिशास्त्री प्राध्यापक डाक्टर लोकराज बराल, पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, एबीसी न्यूजका अध्यक्ष शुभशंकर कँडेल र एबीसी न्यूजका न्यूज एण्ड करेन्ट अफेयर्स डाइरेक्टर डा सुरेश आचार्यलाई राखेर एबीसीले एक्जीट पोल सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस