दोस्रो चरणको निर्वाचन तहमध्ये

१ सय ६८ स्थानीय तहमा मतगणना सुरु

Bharatpur vote counting

काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १ सय ६८ मा मतगणना सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ ।

३ सय ३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो । निर्वाचनमा ७३.६९ प्रतिशत मत खसेको छ ।

आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसी मा प्राप्त विवरण अनुसार, प्रदेश नं. १ मा ७२.४९ प्रतिशत, प्रदेश नं.५ मा ७५.३४ प्रतिशत र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ ।

प्रतिकृया दिनुहोस