दाङको गढवा ८ र राप्ती ९ मा माओवादीको प्यानल विजयी

Maobadi

दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ र राप्ती गाउँपालिकाको वडानम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।

गढवा ८ को अध्यक्षमा सद्धाम सिद्दीकी र राप्ती ९ मा रिमबहादुर सुनारी मगर विजयी भएका छन् । गढवा ८ को अध्यक्षमा माओवादीका सद्धाम सिद्दीकी १ सय ७ मत सहित विजयी भएका छन् ।

सदस्यहरुमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ र दलित महिला सदस्यमा विमला विक विजयी भएका छन् ।

गढवा गाउँपालिकाको वडा नम्बर ८ साविक कोइलाबास गाविसमा पर्दछ । भारतसँग सीमा जोडिएको सो वडामा कुल मतदाता ४ सुय ९८ रहेकोमा ३ सय ४७ मत खसेको थियो ।

यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २ सय १ मत ल्याउँदै प्यानलसहित विजयी भएका छन् ।

महिला सदस्यमा कुवाँरी देवी कार्की, दलित महिला सदस्य देउकला कामी र सदस्यहरुमा अलि महम्मद मियाँ, दधि बराल विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस