दलितले मन्दिरमा पसेर पूजा गरेको भन्दै निर्घात कुटपिट

Dalite mathi kutpt

सप्तरी । सप्तरी बोदे बसाईन नगरपालिका– ६ का ४२ वर्षीय लीलाधर दास तत्मा लाई मङ्गलबार साँझ मन्दिरभित्र पसेर पूजा गरेको भन्दै गैर दलित समुदायका व्यक्तिले निर्घात कुटपिट गरेका छन् ।

कुटपिटबाट गम्भरी घाईतेभएका दासलाई स्थानीयले उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो ।

घाइते दासको देब्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । राजविराजमा उनको उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए ।

स्थानीय डिहीबार थानमा हुने ‘असारी पूजा’ गर्न गएका बेला “हाम्रो भगवान् किन छोएको ” भन्दै स्थानीय राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतका व्यक्तिले आफूमाथि अचानक आक्रमण गरेको घाइते दासले जानकारी दिए ।

अन्धाधुन्ध कुटपिट गर्न थालेपछि केही युवाले आफूलाई आक्रमणकारीबाट छुटाएर ज्यान बचाइदिएकोसमेत पीडित दासको भनाइ छ । घटनापछि आफूले इलाका प्रहरी कार्यालय बोदे बसाईनमा ठाडो उजुरीसमेत दिएको बताउँदै उनले प्रहरीले घटनामा खासै चासो नदिएको आरोपसमेत लगाए ।

यता इप्रका बोदे बसाईनका प्रहरी नायब निरीक्षक उमाशङ्कर सिंहले पीडितको उजुरीका आधारमा कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...