रोल्पाको भनभने मतदान केन्द्रमा मतपेटीकामा भेटियो एसिड

मतदान प्रक्रिया रोकियो

Mat petika

रोल्पा– रोल्पाको धवाङस्थित भनभने मतदान केन्द्रमा मतपेटीकामा एसिड भेटिएको छ । एक जना मतदाताले मतदान गर्ने क्रममा लुकाएर लगेको एसिड मतपेटिकामा खसालेपछि सो मतदान केन्द्रको मतदान प्रकृया रोकिएको छ ।

रोल्पा नगरपालिका १० स्थित मतदानकेन्द्रको ‘ख’ बुथको एक मतपेटिकाबाट बिहान १० ः३० बजे धुलो उडेपछि घटना सार्वजनिक भएको थियो ।

कुनै मतदाताले मतदान गर्ने क्रममा एसिड छिराएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय रोल्पाका डिएसपी रामप्रसाद घर्तीले बताए ।

उनका अनुसार एसिड राख्ने व्यक्तिको पहिचान हुन सकेको छैन । घटनापछि सवै राजनीतिक दलका प्रतिनिधि र मतदानअधिकृतविच मतदान सुचारु गर्ने विषयमा छलफल भइरहेको डिएसपी घर्तीले जानकारी दिए ।

डिएसपी घर्तीका अनुसार ठुलो घटना नभएका कारण सवै दलका प्रतिनिधिहरुको रोहवरमा चाडै मतदान प्रकृया सुचारु गर्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...