इलाममा पूर्वसभामुख नेम्वाङ , काँग्रेसका नेता कुलबहादुर गुरुङ

र पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल द्वारा मतदान  

Subash nembang jhalanath k

 

इलाम,। नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले इलाम नगरपालिका–७ को बालमन्दिरमा रहेको मतदान केन्द्रमा आज स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

भने पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सूर्योदय नगरपालिका–९ को राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गर्ने जनाइएको छ ।

एमाले नेता नेम्वाङले बालमन्दिरको ‘ख’ मतदान केन्द्रमा मतदान सुरु भएको केही समयपछि मतदान गरेका हुन् । नेम्वाङले करिब ७ ः३० बजेतिर मतदान गरेका थिए । काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले पनि बालमन्दिरकै ‘क’ केन्द्रमा मतदान गरेका थिए ।

इलामको सबै मतदान केन्द्रमा निर्वाचन सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए । मतदान सुरु भएलगत्तै इलाममा पानी पर्न थालेको छ । मतदाता छाता ओढेर मतदानका लागि लाइन बसेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...