प्रधानमन्त्री देउवाले असिग्रम मा वि बाट मतदान गर्ने

निर्वाचनको सम्पुर्ण तयारी पुरा

Dadeldhura

डडेल्धुरा । प्रधानमन्त्री शेर बहादुर देउवा स्थानीय तहको निर्वाचनमा मतदान गर्नको सपरिवार सहित गृहजिल्ला डडेल्धुरा पुगेका छन् ।

उनले भोली हुने निर्वाचनमा गन्यापधुरा गाउँपालिका वडा नं १ साविकको असिग्राम मा बि को मत्तदान केन्द्र बाट मतदान गरेर राजधानी फर्किने कार्यक्रम तय गरेका छन् ।

मतदानको लागि पुर्ण तयारी भइसकेकोले भोली बिहान ७ बजेदेखि मतदान सुरु गर्ने जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी दिलीप तामाङले बताएका छन् ।

जिल्लामा २ नगरपालिका ५ गाउँपालिका रहेको छ । ७५ हजार ७ सय ८० मत्तदाता संख्या रहेको र भोली हुने निर्वाचनले २ सय ९० निर्वाचित हुने तामाङले बताएका छन् ।

मत्तदानकै लागि डडेल्धुरा आईतबार अमरगढी नगरकमिटी को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउबाले बृद्धभत्ता दोब्बर पार्ने आश्वासन दिदै डडेल्धुराको बिकासका निम्ति निर्वाचन पहिलो खुड्किला रहेको भन्दै कंग्रेसले जितेमा जिल्लाका सबै समस्या सामाधान हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...