इन्डक्सन चुलोेको माग बढ्दो क्रममा

Nduction stove

काठमाडौँ, । इन्डक्सन चुलोको मूल्य घटाएपछि बजारमा माग बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदानस्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकामा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समाधान गरेर बिक्री गर्न निर्देशन दिएको थियो ।

हाल एक हजार ५ सय थान इन्डक्सन चुलो बिक्री भएको छ । विसं २०७२ मङ्सिर २५ गते चीन सरकारले अनुदानस्वरुप दिएको ११ हजार ३ सय चुलोेमध्ये एक हजार ५ सय थान मात्र बिक्री भएको हो ।

चीन सरकारले अनुदानस्वरुप दिएको चुलोमध्ये सुरुको समयमा १ हजार ३ सय थान केरुङ नाकाबाट र पछि १० हजार थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको थियो । यसैगरी अनुदानस्वरुप ९ करोड ५५ लाख मूल्य बराबरको इन्डक्सन कुकर पनि यहाँ आइपुगेको थियो ।

आपूर्ति मन्त्रालयका सहसचिव शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा मूल्य निर्धारण गर्न बसेको बैठकले ढुवानी, पारवहन, भन्सार मिनाहसहितको शुल्क जोडेर चुलोको मूल्य ११ हजार ९९५ कायम गरेपछि चुलो बिक्री हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...