कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

Vegetable farming

पोखरा, । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ ।

काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुई वर्षदेखि सञ्चालन भएको सो फार्ममा हाल ११३ वटा सानाठूला भैँसी रहेको संस्थाका प्रबन्धक दीपक प्रकाश आचार्यले बताए । पाँचसय साठी सेयर सदस्य रहेको सो संस्थाको पुँजी ३ करोड र बचत ११ करोड पुगेको छ ।

सो फार्ममा पालिएका भैँसीबाट ३ सय १५ लिटर र संस्थाभन्दा बाहिरका कृषकबाट दैनिक ७ सय देखि १ हजार लिटर दूध सङ्कलन गरेर पोखराको नगर क्षेत्रमा दूध बिक्री वितरण हुँदै आएको छ ।

कृषि फार्म सञ्चालनका लागि बृहत् भैँसी स्रोत केन्द्रबाट ४३ लाख ७५ हजार अनुदान प्राप्त भएकामा सो संस्थाले १ करोड ६० लाख लगानी गरेको केन्द्रका प्रबन्धक आचार्यले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...