उम्मेद्वारले गरे छुवाछूत नगर्ने प्रतिवद्धता

Muga

मुगा (धनकुटा) । यतिवेला चुनावी चटारो बढेको छ । शुन्य समय शुरु हुने अवस्था आएपछि विभिन्न राजनितिक  दलहरुलाई घरदैलो अभियान सक्न पनि हम्मेहम्मे भइरहेको छ ।

२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको माहोल जसरी तातेको छ, त्यसरी नै उम्मेद्वारसँग जनताका गुनासा र माग पनि बढ्दै गएको छ । जनताले सडक निर्माणदेखि खानेपानी, विद्युत विस्तारसम्मका माग राख्ने गरेका छन् ।

त्यो सम्म त ठिकै हो । तर, धनकुटा जिल्लाको पाख्रिवास नगरपािलका ७ का दलित बस्तीमा भने आफ्ना उम्मेदवारलाई फरक माग र प्रतिवद्धता जनाउन लगाइएको छ ।

यहाँका बासिन्दाले राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुलाई आफुले हारे पनि जिते पनि आफु र आफ्नो परिवारले छुवाछूत नगर्ने प्रतिवद्धता जनाउन लगाएका छन् ।

शनिवार साँझ पाख्रिवास ७ स्थित कामीडाडामा एक कार्यक्रमको आयोजना गरी राप्रपाका उम्मेदवारलाई यस्तो प्रतिवद्धता जनाउन लगाएका हुन् ।

सो प्रतिवद्धता जनाउन राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री सुनीलबहादुर थापा, राप्रपाका पाख्रिवास नगरपालिकाका मेयरका उम्मेद्वार श्यामबहादुर गुरुङ, उपमेयरका उम्मेद्वार पबित्रा श्रेष्ठ, वडा अध्यक्षका उम्मेदवार कृष्णबहादुर थापालगायत वडा सदस्यका उम्मेदवारहरु सहभागी थिए ।

सो कार्यक्रममा राप्रपाका उपाध्यक्ष तामाङले कुनै जातले छोएको खाने र कुनै जातले छोएको नखाने गलत परम्परा अन्त्य गर्नुपर्ने बताए । उनले कानुनले सबै जातलाई बराबार मानिसकेको अवस्थामा दलितले अपमान भोगिरहनु दुःखद भएको बताए ।

महामन्त्री थापाले आफुले सानै उमेरदेखि जातीय विभेद नगरेको र आगागी दिनमा पनि नगर्ने बताए । उनले आफु यही गाउँमा जन्मिएर हुर्किएको र अहिलेसम्म छुवाछूत हटाउन पहल गरिरहेको बताए ।

मुलुकमा छुवाछूत अन्त्य भएको पनि लामो समय भइसकेको छ । तर, अधिकांस स्थानमा छुवाछूत कायम छ । यहाँ ४५ घर दलित परिवार छन् । यहाँका अधिकांस दलित उपस्थित थिए भने तामाङ बस्तीबाट समेत उपस्थित थिए । सो कार्यक्रममा सामुहिक रुपमा बसेर भोज समेत खाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...