बिहिबारको सेयर बजारमा सामान्य सुधार

Stock market

काडमाडौँ, । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर १ हजार ५ सय ५९ बिन्दुमा पुगेको छ ।

लगातार ओरालो लाग्दै आएको बजार बुधबार र बिहिबार भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कुल १ सय ३९ कम्पनीको १५ लाख ७७ हजार ७०७ कित्ता सेयर ६७ करोड १८ लाख १९ हजार ८५५ मा कारोबार भएको हो ।

धितोपत्र बजारमा बिहिबार बिमा समूहको मात्रै सेयरको मूल्य घटेको छ । सो समूहको ३३.७५ बिन्दुले सेयर मूल्य घटेको छ ।

यस्तै बैंकिङ ६.०१, होटल १९.८६, विकास बैंक ११.३६, जलविद्युत् १२.७३, फाइनान्स ३.८४, उत्पादन ३.४९ र अन्य समूह ०.२९ बिन्दुले बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...