सुपर म्यादीमा सर्वसाधारणलाई लगानी खुला

लमजुङ । निर्माण सुरु हुनलागेको सुपर न्यादी जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि लगानी खुला गरिएको छ ।

भुलभुले र बाहुनडाँडामा रहेको ङादी खोलामा निर्माण गर्न लागिएको ४०.२७ मेगावाटको सो आयोजनाले प्रभावित क्षेत्र, जिल्लावासी र जिल्ला बाहिरकालाई समेत लगानी खुल्ला गरेको हो ।

आयोजनामा लगानी गर्नेले ५० प्रतिशतका दरले दुई किस्तामा रकम बुझाउन सक्ने  बताए । पहिलो किस्ता आगामी भदौ महिनामा र दोस्रो किस्ता २०७५ सालको भदौ मसान्तभित्र बुझाउन सक्ने व्यवस्था मिलाइएको छ ।

केही महिनाभित्रै वित्तीय व्यवस्थापन गरेर निर्माण सुरु गर्ने लक्ष्य रहेको सो आयोजनामा २०७९ सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने सञ्चालक गुरागार्इंले बताए । आयोजना सम्पन्नपश्चात् प्राधिकरणले तोकेको रेटअनुसार वर्षात्को छ महिना अवधिमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र बाँकी छ महिना ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद गर्नेछ ।

आयोजना निर्माणका क्रममा ङादी खोलाको ६.८ घनमिटर प्रतिसेकेन्ड पानीलाई ३० मिटर लामो र  ३ मिटर उचाइको बाँध बाँधी  ३ ओरिफिम भएको तीन मिटर चौडाइ र १.५ मिटर गहिराइ भएको इन्टेक हुँदै ७२ किलोमिटर लामो तथा १८ मिटर चौडाइको बालवा थिग्र्याउने पोखरीमा ल्याइने छ ।

उक्त पानीलाई सुरुङमार्फत बाहुनडाँडाको काफलडाँडामा निर्माण गरिने सर्ज ट्याङ्क हुँदै पेनस्टक पाइपमार्फत तालकुना भन्ने ठाउँमा पावर हाउस निर्माण तथा ६९७.७ मिटर हेड प्राप्त गरी ४०.२७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको कुल ७०० करोड लागत अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...