पूर्व राष्ट्रिय फुटबल खेलाडी ठगीको आरोपमा पक्राउ

Pakrau

काठमाडौँ, । प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरी महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई बिहिार टोखाबाट पक्राउ गरेको हो ।  

महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा अनुसन्धानका लागि शाहीलाई पक्राउ गरीएको हो ।

क्यानडा पठाइदिन्छु भन्दै उनले २५÷३० जना युवाबाट २ लाख ५० हजारका दरले लिएको रसिद फेला परेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै रकम उठाए पनि लामो समयसम्म नपठाएपछि पीडित युवाले प्रहरीमा उजुरी गरेका थिए । शाही अखिल नेपाल फुटबल सङ्घका पूर्व महासचिव तथा पूर्व राष्ट्रिय गोलकिपर हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...