काभ्रेको भकुण्डेवेसीमा वित्तीय जागरण ः राष्ट्रिय अभियान

Btja

काभ्रे । वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रम भकुण्डेवेसीमा सम्पन्न भएको छ ।

मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकका प्रवद्र्धनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत यसपटकको कार्यक्रम काभ्रेमा गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख नरबहादुसर थापाले बैंकिङ क्षेत्रलाई प्रयोग गरेर समृद्धि हासिल गर्न सबैलाई आह्वान गरे ।

नेपालको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै थापाले वित्तीय सेवाको पहुच नपुगेको स्थानमा छिटै बैंकिङ शाखा विस्तार गर्नुपर्नेमा जोड दिए । राष्ट्र बैंकले नीति तर्जुमा गर्दा अध्ययन गर्ने गरेको जानकारी दिँदै कार्यकारी निर्देशक थापाले राष्ट्र बैंकको नीतिमाथि प्रश्न नउठाउन आग्रह समेत गरे ।

त्यस्तै, नमबुद्ध नगरपालिकाका उपप्रमुख बामदेब तामाङले बैंकिङ क्षेत्रले मुलुकको विकासमा ठुलो योगदान दिने भन्दै यो क्षेत्रमा राम्रो नीति ल्याइनुपर्ने बताए । अहिले बैंकिङ क्षेत्रमा व्याज महँगो भएको जानकारी गराउँदै उनले यसप्रति ध्यान दिनुपर्ने समेत बताए ।

कार्यक्रममा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रामहरी दाहालले लघुवित्तहरुको महत्व र आवश्यकताका बारेमा प्रष्ट पारे । त्यस्तै, विन्धवासिनी सहकारीका प्रमुख मेनेजर केबी लामाले बैंक नपुगेको ठाउँमा पनि सहकारीहरुले सेवा पु¥र्याइरहेको बताए ।

कार्यक्रममा बोल्दै वित्तीय साक्षरता राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले समग्र मुलकको समृद्धिको लागि वित्तीय साक्षरता हुनु जरुरी रहेको बताए । बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनको समेत सहकार्य रहेको वित्तीय साक्षरता कार्यक्रम देशव्यापी रुपमा सञ्चालन भइरहेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता नीति अन्तर्गतको यो राष्ट्रिय कार्यक्रम हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...