शैक्षिक क्षेत्र सुधारका लागि १९ अर्ब ऋण सहायता

Pabson office

काठमाडौं । अन्तर्राष्ट्रिय विकास महासंघ ‘आईडीए’ ले नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि १९ अर्ब ५ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ।

शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यका साथ संचालन हुने शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि ‘आईडीए’ ले नेपाल सरकारलाई १९ अर्ब ५ करोड ऋण सहायता उपलब्ध गराउने सम्झदारी गरेको हो।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव शान्तराज सुवेदी र ‘आईडीए’का राष्ट्रिय निर्देशक तकुया कामताबीच नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि ऋण सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ।

कार्यक्रममा बोल्दै अर्थ सचिव सुवेदीले ‘आईडीए’ ले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रममा सहयोग उपलब्ध गराउँदै आएको स्पष्ट पारे।

दाताहरुले नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि निरन्तर आर्थिक सहायता उपलब्ध गराउँदै आए पनि उल्लेख्य प्रगति भने हुन नसकेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् द। ‘आईडीए’ले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रको विकासमा पनि चासो राख्दै आएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...