पाँचथरका सब इन्जिनियर इन्जिनियर ‘घुस लिँदै गर्दा पक्राउ

Ghus lidai

पाँचथर, । जिल्ला शिक्षा कार्यालय पाँचथरका सब इन्जिनियर मनोजकुमार यादव १ लाख २५ हजार घुस लिँदै गर्दाको अभियोगमा मगलबार थलोमै पक्राउ परेका छन् ।

कार्यालय खुलेपछि ‘घुस लिँदै गर्दा’ करारमा रहेका यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

यादवलेसाबिक माङ्जाबुङ– १ स्थित सिद्ध सरस्वती माविको चारकोठे पक्की भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुस मागेकोे आरोप लगाइएको छ ।

विसं २०७० देखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भएको बताइएको छ । इन्जिनियर यादवलाई आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय प्रवक्ता रमेश बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...