भक्तपुर, जाजरकोट, मकवानपुर र गोरखामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

Health insurance

भक्तपुर, । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम भक्तपुरमा पनि सुरू भएको छ । असारदेखि जाजरकोट, मकवानपुर र गोरखामा पनि कार्यक्रम सुरू गर्ने तयारी गरिएको जानकारी दिए

बिमा कार्यक्रममा पाँच जनाको परिवारले वार्षिक २ हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि ५० हजारसम्मको उपचार सेवा पाउने गरी कार्यक्रम सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिए ।

पाँचभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको १० हजार उपचार सेवा थपिने व्यवस्था गरिएको छ । पाँच जनासम्मका लागि ५० हजार अनिवार्य तथा कार्यक्रमको अधिकतम सीमा १ लाख निर्धारण गरिएको छ । सरकारले निःशुल्क तोकेका औषधोपचार सेवा भने यसमा समावेश नहुने बतनाए । स्वास्थ्य बिमा गर्नेले हाललाई भक्तपुरका छ स्वास्थ्य संस्थाबाट सेवा पाउने व्यवस्था गरिएको छ ।

बिमा गर्नेले भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, मध्यपुरथिमि नगरपालिकाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल, चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नगरपालिकास्थित दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा गरेकाहरुले उपचार सेवा पाउनेछन् ।

आव ०७२ ०७३ मा कैलाली, बागलुङ र इलामबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम अब भक्तपुरसँंगै चितवन, जुम्ला र तनहुँमा सञ्चालनमा आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...