क्यान्सर अस्पतालमा नया अभियान सहित सेवा सुरु

Chitwan vhartpur

चितवन, । व्यवस्थापकीय त्रुटिका कारण अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै यसको सेवा सुधार अभियान थालिएको छ ।

चितवन । वैशाख २४ गते कार्यकारी निर्देशकमा डा विजयचन्द्र आचार्य नियुक्त भएसँगै अस्पतालले प्रदान गर्ने सेवामा सुधार आएको छ । कर्मचारीलाई सबै सेवा सुचारु गरी अतिरिक्त समयमा समेत काम गर्न आचार्यले निर्देशन दिए ।

अस्पतालले वैशाखमा ९ हजार १ सय ५ बिरामीको उपचार गरेकोमा जेठमा उक्त सङ्ख्या ११ हजार ८४९ पुगेको छ । बिग्रिएर थन्किएको एमआरआई मर्मत गरिएको छ ।

सो अस्पतालका अनुसार वैशाखमा ३९९ बिरामीको तथा जेठमा ७२५ जनाको सिटिस्क्यान गरिएको छ । यसअघि बिरामी सिटिस्क्यान गर्न र रेडियो थेरापी सेवाका लागि अन्यत्र जान बाध्य थिए ।

वैशाखमा ७७ जनाको मेमोग्राफी गरिएकोमा जेठमा ११६ जनाको गरिएको छ भने गामा क्यामरा परीक्षण गराउनेको सङ्ख्या १५ जनाबाट ५५ जना पुगेको छ । वैशाख मा ८७३ जनाको सेकाई गरिएकोमा जेठमा सो सङ्ख्या एक हजार ८१२ पुगेको अस्पतालका कार्यकारी निर्देशक डा आचार्यले जानकारी दिए ।

अस्पतालको लेखा शाखाका अनुसार अस्पतालले वैशाखमा रु ९६ लाख ४७ हजार आम्दानी गरेको छ । जेठमा सो आम्दानी बढेर एक करोड ४६ लाख पाँच हजार पुगेको छ ।

अस्पतालको इन्धनमा बेथिति ढङ्गबाट खर्च भएको गुनासो आइरहेकामा सो खर्चमा समेत कमी आएको छ । वैशाखमा १ लाख ४६ हजार इन्धनमा खर्च भएकामा जेठमा १ लाख सात हजार मात्र खर्च भएको अस्पतालले जनाएको छ ।

पछिल्लो समय अस्पतालको सेवा प्रभावकारी नबनाउने र बाहिर बिचौलियासँग मिलेमतो गरेर बिरामी पठाउन थालेपछि गएको साउनमा स्थानीय प्रशासनले हस्तक्षेप गरी बिचौलिया नियन्त्रणमा लिएको थियो ।

अस्पताललाई जुन उद्देश्यका साथ स्थापना गरिएको हो, सोही अनुरुप बिरामीलाई सेवा सुविधा दिनेकाममा जुटेको अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...