ग्रेट माया सेमिफाइनलमा

28 nepali

काठमाडौँ । ग्रेट माया तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रेट मायाले भाइपरलाई २०–१४ ले पराजित ग¥यो । विजयी टिमका लागि सोनाम तामाङले ६ अंक जोडे ।

साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै गोल्फुटार, मोर्गन र ए टिम पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

गोल्फुटारले बिग बेलर्सलाई १२–८ ले हरायो । गोल्फुटारको जितमा सोनु राईले ४ अंक योगदान गरे । दिपेश लामाको ४ अंक सहयोगमा मोर्गनले बेबिलनमाथि १८–१४ को जित निकाल्यो । ए टिमले किल थ्रीलाई १७–१४ ले पन्छायो ।

सेमिफाइनलमा ए टिमको भेट मोर्गनसंग हुनेछ भने गोल्फुटारले ग्रेट मायाको सामना गर्नेछ । गल्र्सको सेमिफाइनल लुम्बिनी र स्वप्न वाटिका तथा ग्रेट माया र धौलागिरीबीच हुनेछ । सेमिफाइनल र फाइनल मंगलबार हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...