देशभरका ७४ कारागारका बिरामी कैदीबन्दीको उपचार

Jail detain

काठमाडौँ, । देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारी कैदीबन्दीको स्वास्थ्योपचारका लागि वार्षिक ८ करोड खर्च गर्ने गरेको छ ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले सामान्य बिरामीको उपचार सम्बन्धित कारागार भित्रबाट गरिँदै आएको र गम्भीर बिरामीको उपचार व्यवस्था केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलबाट गरिएको जानकारी दिए ।

मानसिक बिरामीलाई पाटन र धुलिखेलबाट तथा क्यान्सर बिरामीलाई चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा प्रदान गर्दै आइरहेको महानिर्देशक घिमिरेलेबताए ।

विभागले देशभरका ७४ कारागारका बिरामी कैदीबन्दीको उपचारका लागि एक अहेव तथा केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सात चिकित्सकको व्यवस्था गरेको छ । सरकारले कैदीबन्दीको रासन, पानी तथा औषधोपचारका लागि वार्षिक ६५ करोड खर्च गर्ने गरेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस