दार्जिलिङमा प्रहरीको गोली चल्यो, २ को मृत्यु

Darjeeling2

एजेन्सी । भारतको दार्जिलिङमा भइरहेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर दुई गोर्खा मुक्ति मोर्चाका कार्यकर्ताको मृत्यु भएको छ।

गोर्खाल्यान्डको माग राखेर गोर्खा मुक्ति मोर्चाले गरेको आन्दोलनको छैठौं दिनमा प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको इन्डिया टुडेले लेखेको छ।

भारतीय प्रहरीले आफ्ना कार्यकर्ता मारेको भन्दै मोर्चाका नेता विमल गुरुङले आन्दोलन अझै चर्काउने चेतावनी दिएका छन्। गुरुले भने, ुप्रहरी गैरकानुनी रुपमा हाम्रा घरहरुमा घुसे र यातना दिँदैछन्।

हाम्रा दुईजना कार्यकर्तालाई गोलीहानी हत्या गरिएको छ। जसका कारण आन्दोलन चर्किरहेको छ। यसैबीच आन्दोलनलाई नियन्त्रण गर्नेबारे पश्चिमकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङ विकास बोर्ड, बंगाल प्रहरीका उच्च अधिकारी, मुख्य सचिव र गृहसचिवसँग बैठक गरेकी छन् ।

यसअघि आन्दोलनकारीले प्रहरी अधिकारीमाथि खुकुरी प्रहार गरेर घाइते बनाएको बताइएको छ। मुख्यमन्त्री बेनर्जीले आन्दोलनकारीको आक्रमणबाट इन्डियन रिजर्भ बटालियनका अधिकृत किरण तामाङ गम्भीर घाइते भएको बताएकी छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...