चितवनमा सुरु भयो चुनावी प्रचार प्रसार

Devi renu

चितवन, । कांग्रेस–माओवादी केन्द्र गठबन्धन र एमालेले भरतपुर महानगरपालिकाको वडा नम्बर – १९ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।

वडा नम्बर १९ को मतगणनाका क्रममा केही व्यक्तिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय ग¥यो । तर, त्यसको विरोधमा सर्वोच्चमा रिट परेपछि पुनः मतदान गर्ने वा मतगणना भन्ने विषय अन्योलमै छ ।

यस्तो अवस्थामा मेयरका दुई प्रत्यासी कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी रेणु दाहाल र एमालेका देवी ज्ञवाली चुनावी प्रचारप्रसारमा सक्रिए भएर लागेका हुन् । अहिले जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताका साथ उनीहरु वडा नम्बर १९ मा नै केन्द्रित भएका छन् ।
एमालेले पुनः मतदान गर्न नहुने अडान लिइरहेका बेला देवीले किन प्रचारप्रसार गरिरहेका छन् । पुनः मतदान हुने कि मतगणना भन्ने विषय अदालतमा विचाराधिन रहेको छ ।

मतदातालाई यदि पुनः मतदान भएको खण्डमा हामीलाई नै भोट दिएर जिताउनुपर्छ है भनेका छौँ ।’ पुनः मतदान भएको खण्डमा पनि आफ्नो जित सुनिश्चित भएको देवीको दावी छ ।

त्यस्तै कांग्रेस र माओवादी केन्द्र गठबन्धन पनि चुनावी प्रचारप्रसारमा लागेको छ । यसअघि कांग्रेस र माओवादी केन्द्रको विषयमा जनतामा रहेका केही असमझदारी अहिले हटेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...