सौर्य उर्जा जडानका लागि ३० प्राविधिक लाई अनुमति प्रदान

Solar

काठमाडौँ । सरकारले कुल १८० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ ३० प्रर्वधकलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले केही दिनभित्रैमा कुल ६१ मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने तयारी गरेका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गर्ने तयारी गरेको छ ।

ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले सबैभन्दा ठूलो ५० मेगावाट क्षमताको मानुङ्गाडाँडा सोलार प्लान्टलाई तनहुँमा सर्वेक्षणको अनुमति दिएको छ ।

सरकारले मिश्रित ऊर्जा प्रणाली जडान गर्ने कार्यलाई अगाडि बढाउने लक्ष्यका साथ पछिल्लोपटक सौर्य ऊर्जाको विकास र विस्तारमा विशेष जोड दिएको छ ।

जलविद्युत् आयोजनालाई सहयोग पु¥याउने लक्ष्यका साथ सौर्य ऊर्जा प्रणालीको विकास र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउन लागिएको हो ।

सरकारले जलविद्युत् आयोजनामा मात्रै ध्यान दिइएको भन्दै पछिल्लोपटक सौर्य ऊर्जा प्रणालीको विकासमा समेत विशेष जोड दिएको छ । सौर्य प्रणालीको विकासमा सरकारीभन्दा निजी क्षेत्रको बढ्ता जोड र चासो रहेको छ ।

निजी लगानीबाट आर्थिक वर्ष २०७४÷७५ मा सौर्य प्रविधिबाट मात्रै ६१ मेगावाट सौर्य ऊर्जा उत्पादकसँग विद्युत् खरिद सम्झौताको तयारी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्राधिकरणले २१ वटा सौर्य ऊर्जा उत्पादकसँग केही दिनभित्रै उक्त सम्झौता गर्न लागेको हो । सरकारले ऊर्जा सङ्कट कार्ययोजनाअन्तर्गत विद्युत्भार कटौती अन्त्यका लागि सौर्य प्रविधिबाट बिजुली उत्पादनको तयारी गरेको छ ।

सौर्य ऊर्जा खरिदको आधार दर तय भएकाले सोही आधारमा उनीहरूसँग सम्झौता गर्न लागिएको हो । प्राधिकरणले प्रतियुनिट ९.६० खरिद दर निर्धारण गरेको भए पनि प्रतिस्पर्धा गर्दा निजी उत्पादकले ८.४५ सम्म सौर्य बिजुली बेच्ने प्रस्ताव गरेका छन् ।

 

प्रतिकृया दिनुहोस