करोडौँको केराखेती नष्ट

Banana tree

चितवन । बिहिबार बिहान आएको हावाहुरीका कारण करोडौँको केराखेती नष्ट भएको छ ।

बिहान करिब ४ बजेतिर भारी वर्षासहित आएको हावाहुरीले केरा ढलाएर नष्ट गरेको हो ।


किसानको प्रारम्भिक जानकारीअनुसार करिब चार÷पाँच करोडको केरा नष्ट गरेको अनुमान गरिए पनि विस्तृत विवरण भने आइसकेको छैन ।

यस्तै सङ्घका निवर्तमान अध्यक्ष यज्ञ सुुवेदीले चैनपुरमा लगाएको करिब २० बिगाहाको केरा क्षति भएको बताए । हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुुगेको छ ।

पछिल्ला केही वर्षदेखि बिमा कार्यक्रम सुरु भएकाले किसानले केही राहत पाउँदै आएका छन् । चितवन केरा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती भएकामा यो वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको हो ।

जिल्लामा वार्षिक एक अर्बको केराको कारोबार हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा कृषि बिमा भने सोचेअनुसार हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...