श्रीमतीको शोकसँगै जुम्ल्याहा सन्तान बचाउने चिन्ता

Baby

दाङ । गाउँघरमा मजदुरी गरेर पाँच जनाको छाक टार्दै आएका राप्ती गाउँपालिका–९ घोषखोला दिनबहादुरलाई श्रीमती गुमाउनुको शोक छँदैछ, भर्खरै जन्मेका दुई नवजात शिशुलाई कसरी बचाउने भन्ने समस्या थपिएको छ।

बेलामा अस्पताल पुर्‍याउन नसक्दा श्रीमती ४१ वर्षीय पातली रोकाको रक्तश्रावका कारण मृत्यु भयो। मंगलवार राति करिब १२ बजे घरमै जुम्ल्याहा छोरालाई जन्म दिएकी पातलीलाई रक्तश्राव नरोकिएपछि छिमेकीहरूले एक घण्टाको दूरीमा रहेको सल्ले पुर्‍याए।

त्यहाँ उनको उपचार हुन सकेन। लमहीबाट गएको एम्बुलेन्सले उनलाई बुधवार बिहानमात्र अस्पताल पुर्‍यायो। अस्पताल पुग्नेवित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरे।

शिशुहरु खतरामुक्त भए पनि उनीहरुलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्थामा रहेको लमही अस्पतालका मेडीकल सुपरिटेन्डेन डां ईश्वरी खनालले जानकारी दिए।

अस्पतालमा आईसीयू छैन। घोराहीको उपक्षेत्रीय अस्पतालमा पनि त्यो सुविधा छैन। बुटवल वा नेपालगञ्ज लगेर उपचार गर्ने पैसा नभएका कारण दिनबहादुर रोका समस्यामा परेका छन्।

यतिसम्म कि एम्बुलेन्सको भाडा तिर्नसमेत समस्या छ, उनलाई। घरमा २१ वर्षका अपाङ्गता भएका छोरा रोमबहादुर, अर्की अपाङ्गता भएकी १३ वर्षकी छोरी चुमा छन्। चुमामुनि ९ वर्षको छोरा युवराज घरमै छन्।

एक छोरी १२ वर्षको उमेरमा बितेकी थिइन्। घरमा रहेका छोराछोरीको लालनपालन राम्रोसंँग गर्न नसकिरहेका बेला जुम्ल्याहा छोराको उपचार कसरी गर्ने र कसरी हुर्काउने भन्ने चिन्तामा छन्, ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...